खजुरा/ बालमैत्री स्थानीय शासनलाई अभियानको रुपमा लिने एक तालिमका सहभागीहरुले प्रतिबद्धता ब्यक्त गरेका छन् ।
खजुरा गाउँपालिका वडा नं. २ को सहयोगमा बासद्धारा सञ्चालित बालमैत्री स्थानीय शासन वारे जनजागरण कार्यक्रम अन्र्तगत जेष्ठ २२ गते सितापुरमा सम्पन्न बालमैत्री स्थानीय शासन बिषयक दुई दिने तालिमका सहभागिहरुले उक्त प्रतिबद्धता गरेका हुन् ।
तालिमको समापन कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष देबिलाल शर्माले वडालाई बालमैत्रि घोषणा गर्न बालमैत्री स्थानीय शासनलाई अभियानको रुपमा लिएको बताए ।
आगामि आर्थिक बर्ष भित्र वडालाई बालमैत्री घोषणा गर्ने गरी वडा कार्यालय लागि पर्ने अध्यक्ष शर्माले प्रतिबद्धता ब्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै तालिमका सहभागि तथा योगिनी मा.बि. गौघाटका शिक्षक प्रेम खनालले बालमैत्री स्थानीय शासनलाई प्रबद्र्धन गर्न बिद्यालय लागि गर्ने बताए ।
तालिमका सहभागीहरु भावना तामाङ्ग र सुरेन्द्र बि.सी. ले दुई दिनको तालिमबाट धेरै कुराको वारेमा जानकारी भएको बताउदै बिद्यालयहरुमा बाल क्लब गठन गरी अभियानमा लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।
जेष्ठ २१ गतेदेखि संचालन भएको तालिममा बाल अधिकार, बाल मैत्री स्थानीय शासनको अवधारणा, बाल मैत्री स्थानीय शासनका सुचकहरु, बालमैत्री स्थानीय शासनमा स्थानीय तह तथा बालबालिकाको भुमिका लगाएतका बिषयमा बासका अध्यक्ष मन भण्डारी र केन्द्रीय सदस्य ध्रुव जङ्ग शाहले सहजिकरण गरेका थिए ।