रुकुम (पश्चिम)/ यौन सम्पर्क गर्दा गर्दै ज्यान गएको खबर सुन्दा अचम्म लाग्न सक्छ । तर, रुकुम (पश्चिम) को मुसिकोट नगरपालिका १ स्थित शहिद मैदानमा मंगलबार बिहान फेला परेको एक महिलाको शवको अनुसन्धानले यौन सम्पर्क गर्दा गर्दै ज्यान गएको सार्वजनिक भएको छ ।
रुकुम (पूर्व) को सिस्ने गाउँपालिका वडा नम्वर ६ घर भएकि ३८ बर्षिया ईच्छा बि.सी.को यौन सम्पर्क गर्दा गर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बताएको छ । प्रहरीले हत्याको अभियोगमा मुसिकोट नगरपालिका १ निवासी १९ बर्षिय अमर बहादुर बादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरिक्षक सुमित खड्काका अनुसार, पक्राउ परेका बादीले राती आफ्नै डेरामा ल्याई यौन सम्पर्क गर्ने क्रममा मृत्यु भएको र मृत्यु पश्चात लास बोकेर नजिकैको नालामा फालेको स्विकार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक ऋषि कुमार ढुगांनाको नेतृत्वमा गएको प्रहरी टोलीले अनुसन्धान पछि अमर बहादुर बादीलाई पक्राउ गरेको थियो । निजलाई कर्तव्य ज्यान अन्तर्गत मुद्धा चलाईएको प्रहरीले बताएको छ ।
मुसिकोट नगरपालिका वडा नम्वर १ मा डेरामा बस्दै आएकि मृतक ईच्छा बिसी लामो समयदेखि सदरमुकाममा गिट्टि कुटेर जिविकोपार्जन गर्दै आएको र निजको एक नाबालक छोरी रहेको बताईएको छ ।