नेपालगञ्ज/लागु औषध बिरुद्ध सडक नाटक प्रर्दशन गरिएकोछ । नेपालगञ्ज वडानम्बर १९ को सहयोेगमा बासले उक्त नाटक प्रर्दशन गरेको हो ।
बसुदेबपुरको आलानगर र फुटाहामा जेष्ठ २५ गते सडक नाटक प्रर्दशन गरिएको हो । लागु पदार्थ बिरुद्ध जनचेतना जगाउने उद्धेश्यले सडक नाटक प्रर्दशन गरिएको बासले जनाएकोछ ।
शकुन्तला शाहको निर्देशनमा प्रर्दशन गरिएको सडक नाटकमा अजय तामांग, निलम कोईराला, आदित्य थापा, शकुन्तला शाह, किरण बुढा मगर, शर्मिला थापा मगर, प्रतिक्षा गिरी, राम सोनाम, शोभा थापा मगरले अभिनय गरेका थिए । सडक नाटक प्रर्दशनमा वडा नम्बर १९ की वडा सदस्य अमृता सिंह ठकुरी उपस्थित थिईन् ।
यसैगरी नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ४ का विभिन्न स्थानमा बिपत ब्यवस्थापन सम्बन्धि जनचेतनामुलक सडक नाटक प्रर्दशन गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका ४ नं. वडा कार्यालयको सहयोग तथा बास नेपालगन्जको आयोजनामा वडाका ४ स्थानमा सो सडक नाटक प्रर्दशन भएको हो ।
बिपत यवस्थापन बारे आम नागरिकलाई सचेत गराउने उद्धेश्यले सो सडक नाटक प्रर्दशन गरिएको हो । कार्यक्रम अन्तरगत आज वडा नं. ४ को सल्यानीबाग क्षेत्रमा नाटक प्रर्दशन गरिएको छ भने जेष्ठ २३ गते सोही वडाको बसपार्क र सेतुबिक चौक नजिक सो नाटक प्रर्दशन गरिएको थियो । सचेतना मुलक सडक नाटकमा बासका कलाकारहरु शकुन्तला शाह, अजय तामाङ्ग, शोभा थापा, किरण बुढामगर, शर्मिला थापा, निलम कोईरालाले कलाकारको भुमिका निर्वाह गरेका थिए । नाटकमा वडा समितिका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।