बाँके/प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार पन्नालाल गुप्ता ‘चाचाजी’ को जेष्ठ २८ गते नेपालगन्जमा नागरिक अभिनन्दन गरिएको छ ।
नेपाल प्रेस युनियन बाँकेको संयोजनमा चाचाजीलाई नागरिक अभिनन्दन गरिएको हो ।
चाचाजीको निवास त्रिभुवनचोक पूर्वलाईनबाट उनी र उनकी धर्मपत्नीलाई नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष जयनारयण शाहले माला र खादा ओढाई सकेपछि रथारोहण गराईएको थियो । रथारोहण सहित उनीहरुलाई नगर परिक्रमा गराईएको थियो ।
चाचा निवास त्रिभुवनचोकबाट जोडि हात्ति, प्रहरी व्याण्डसहितको रथारोहण र्याली सुरु भएको थियो । नेपालगन्जको बी.पि.चौक, धम्बोझी चौक हुँदै सुर्खेतरोड स्थित ओम कटेजमा आयोजित भव्य कार्यक्रममा उनलाई नागरिक अभिनन्दन गरिएको हो । र्यालीमा विभिन्न क्षेत्रका व्यक्तित्व, राजनीतिज्ञ, पत्रकार, विद्यार्थी नागरिक समाज लगायत सयौंको उपस्थिति रहेको थियो ।
बाटो—बाटोमा सर्बसाधारणले चाचाजीलाई फुल माला, खादा, अविर लगाई अभिनन्दन गरेका थिए । बी.पि.चौकमा नेपालगञ्ज उपमहानगर—पालिकाका उपप्रमुख उमा थापा मगर, कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु चौधरी, नेपालगञ्ज उपमहानगरपालिकाका बिभिन्न वडाका वडाध्यक्ष —हरुले खादा, माला लगाएर अभिनन्दन गरेका थिए ।
रथारोहण गराई नगर परिक्रमा गराई सकेपछि आयोजित विशेष समारोहमा नेपालगन्ज उप—महानगरका प्रमुख डा. धवल शम्शेर राणा,
उप—प्रमुख उमा थापामगरले नागरिक अभिनन्दन पत्रप्रदान गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय कमिटी, नेपाल प्रेस युनियन केन्द्रीय कमिटी, प्रेस चौतारी र प्रेस सेन्टरलगायतका सँघ सँस्थाहरुले सम्मान पत्र प्रदान गरि अभिनन्दन गरेका थिए ।
नेपाल प्रेस युनियनका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धमेन्द्र झाले चाचाजीको व्यक्तित्वको बारेमा चर्चा गरेका थिए । साधा जीवन उच्च बिचारका धनि गुप्ता जीवनको लामो समय पत्रकारिता गर्ने एक मात्र पत्रकार भएको झाले बताए । उनले भने —पत्रकारिताका सिंगो ईतिहास हो चाचा जी । लोकतन्त्र, प्रेस स्वतन्त्रताका लागि निरन्तर कलम चलाउने चाचाजीले रिर्पाेटिङ्ग देखि सम्पादन, बितरण सम्मको काम आफैले निरन्तर गरेर अरुलाई उत्प्रेरणा दिएको झाले बताए ।
सांसद महेश्वर गहतराजले पत्रकारिताका धरोहर चाचाजीको सम्मानले सिंगो मुलुकको पत्रकारिता जगत सम्मानित भएको बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले चाचाजी असमान्य व्यक्ति भएको बताए ।
वहाँबाट हामीले धेरै कुरा सिक्न जरुरीछ —पोख्रेलले भने—ईमान्दारिता, निरन्तरता र साधारणपना वहाँका गहना हुन् । आफ्नो पूरै जीवन पत्रकारितामा समर्पित गरेका चाचाजी पत्रकारिताका आदर्श व्यक्ति भएको बताउँदै उनले भने-
चाचाजीको सम्मान, आम नेपाली पत्रकारहरुको सम्मान भएको बताए ।
चाचाजिका जेष्ठ सुपुत्र नेपालगञ्ज नगरपालिकाका पूर्ब मेयर विजयकुमार गुप्ताले चाचाजीको अभिप्रेरणाबाट समाज प्रति आफू निरन्तर समर्पित भएको बताए ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणाले चाचाजी शान्त स्वभावका असल व्यक्तित्व भएको बताए । चाचाजीको सम्मानमा निकट भविष्यमा बन्ने संग्रहालयमा वहाँको सम्मानयुक्त कर्नर राख्ने प्रतिबद्धता व्यक्त गरे ।
सचिव अर्जुन वलीले सञ्चालन गरेको कार्यक्रममा बोल्दै प्रेस युनियनका अध्यक्ष जयनारायण शाहले पत्रकारिता, प्रेस स्वतन्त्रता र लोकतन्त्रको संस्थागत बिकासका लागि चाचाजीले पु¥यााएको योगदानको कदर गर्दै चाचाजीलाई नागरिक अभिनन्दन गरिएको बताए ।
अभिनन्दनमा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका लगाउत बाँकेका सबै गाउँपालिका, बाँकेका पत्रकारका सम्पुर्ण संघ संगठन, बार एशोसियशन, नेपालगन्ज उद्योग वाणिज्य संघ, चिकित्सक संघ भेरी शाखा लगायतले ऐक्यबद्धता जनाएका थिए ।