नेपालगञ्ज/सामाजिक सद्भाव अभिबृद्धिका लागि सामाजिक सद्भाव समिति गठन गरिएकोछ ।
सामाजिक सद्भाव अभिबृद्धि तथा सामुदायिक सुरक्षा सवलिकरणका लागि जेष्ठ ३१ गते उक्त समिति गठन गरिएको हो । बासद्धारा सञ्चालित सामाजिक सद्भाव परियोजना अन्र्तगत उक्त समिति गठन गरिएको हो । नेपालगञ्जको त्रिभुवनचौक, सदरलाईन, एकलैनीका प्रबुद्ध व्यक्तिहरुको उपस्थितीमा गठन भएको समितिको संयोजकमा बृजेश बैश्य चयन भएकाछन् भने सहसंयोजकमा मो. ईरफान सिद्धिकी, सचिवमा कृष्णा पाण्डेय, सहसचिवमा सुवेदा फरहिन चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा जितेन्द्र बैश्य, अकिल अहमद, शैलेन्द्र बैश्य, कमरुन निशा, हरपाल सिंह, गोपिनाथ बैश्य र घनश्याम बैश्य चयन भएका छन् । त्यसैगरी सल्लाहकारहरुमा नेपालगञ्ज उद्योग बाणिज्य सँघका अध्यक्ष नन्दलाल बैश्य, फातिमा फाउण्डेसनकी कार्यवाहक अध्यक्ष मैमुना सिद्धिकी, वडानम्वर ८ का अध्यक्ष सुरेन्द्र गुप्ता, वडानम्बर ११ का अध्यक्ष उज्वल सिंह राठौर, वडानम्बर १ का अध्यक्ष अयुव सिद्धिकी चयन भएका छन् ।
समितिले सामाजिक सद्भावका लागि कार्य गर्नेछ । गठन कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाह, कार्यक्रम संयोजक शम्भु शाही, नेपालगञ्ज उद्योग बाणिज्य सँघका अध्यक्ष नन्दलाल बैश्य र वडानम्वर ८ का अध्यक्ष सुरेन्द्र गुप्ताको उपस्थिती रहेको थियो ।