काठमाडौं– कोरोना भाइरसको महामारीले विश्व नै प्रभावित भइरहेको छ । लगभग एकवर्ष नेपाली मनोरञ्जन गतिविधि, गीत÷संगीत, कला, पर्यटन तथा होटेल व्यवसाय पनि ठप्प प्रायः नै रह्यो । तर, लामो समयदेखि थलिएको ति क्षेत्र विस्तारै उठ्ने प्रयासमा लागेको छ ।
चर्चित लोकदोहोरी गायिका मधु रसाइलीले आङ्खना केही सहकर्मीहरूसँग ‘मधुवन रोधीघर’ सञ्चालनमा ल्याएकी छन् । उनले काठमाडौं–२६ नयाँ बसपार्क मित्रनगरस्थित नेपाल टेलिकमको कार्यलय नजिक ‘मधुवन रोधीघर’ नामक एक भव्य र व्यवस्थित रोधी घर (दोहोरी साँझ) सञ्चालनमा ल्याएकी हुन् । महाशिवरात्रीको अवसर पारेर बिहिवारबाट सञ्चालमा आएको रोधीघरको राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ नेपालका अध्यक्ष रिम केसीले उद्घाटन गरेका थिए ।
उक्त समरोहमा रोधीघरकी सञ्चालिका मधु रसाइली, चर्चित लोकदोहोरी गायक नविन पौडेल, इन्द्र जिसी, सन्जय डिम्पललगायतका चर्चित कलाकारहरूले आङ्खना चर्चित गीतहरू गाएर रोधीघरलाई सफलताको शुभकामना दिएका थिए । रोधीघर सञ्चालिका तथा सुमधुर स्वरकी धनी गायिका मधु भन्छिन्, ‘धेरै मिहिनेत, साथीहरूको सहयोग, आफन्त शुभचिन्तकहरूको माया, आशिर्वाद, र हौसलाले रोधीघर खोल्न सफल भएकी छु । ताजा, स्वच्छ, सफा र स्वादिष्ट खाना, साथै लोकप्रिय कलाकारहरूको साथमा स्वस्थ मनोरञ्जन सेवा प्रदान नै हाम्रो मुख्य उद्देश्य रहेको छ ।’ उद्घाटनको अवसरमा एकहप्तासम्म विशेष छुटको व्यवस्था रहेको उनले जानकारी दिइन् ।
उक्त समारोहमा हिमालयन नेपाली इभेन्ट्सका प्रमुख तथा गायक सबिन घिसिङ, समाजसेवी तथा दलित अधिकारकर्मी सरु सुनार तथा समाजका विभिन्न क्षेत्रका व्यक्ति व्यक्तिŒवहरूको बाक्लो उपस्थिति रहेको थियो ।