काठमाडौं– राष्ट्रिय जनजाति महिला महासंघ (निफ)ले आदिवासी महिलाका जनस्वास्थ्य सम्बन्धी पैरवी तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
देशका विभिन्न जिल्लाबाट दश समुदायका आदिवासी महिलाहरुलाई जनस्वास्थ्य नीति सम्बन्धि प्रभावकारी अभिकर्ता बनी पैरवी क्षमता अभिवृद्धि गराउने उद्देश्यका साथ फिनीको सहकार्यमा काठमाडौंको डिल्लीबजारस्थित पेन्सन भासनामा महासंघले बुधबार जनस्वास्थ्य सम्बन्धि पैरवी तालिम कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त तालिम कार्यक्रम चैत १७ र १८ गते गरी दई दिन भएको आयोजकले जनाएको छ । आयोजकका अनुसार कार्यक्रममा खोटाङबाट गुरुङ, इलामबाट राई, उदयपुरबाट दनुवार, दोलखाबाट जिरेल, चितवनबाट दराई, सुनसरीबाट लिम्बू, सोलुखुम्बुबाट शेर्पा र काठमाडौं, ललितपुरबाट डोल्पो, नेवार, बारागाउँ आदिवासी महिलाहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा काठमाडौं स्वास्थ्य कार्यालयका प.ह.न. अधिकृत पार्वती विष्ट र डाक्टर प्रविना श्रेष्ठ प्रशिक्षकका रुपमा भएको आयोजकले जनाएको छ । महिला आदिवासीहरुलाई कार्यक्रमको पहिलो दिनमा जनस्वास्थ्यको धारणा र बुझाई सम्बन्धि छलफल र त्यससँग जोडिएका नीति–नियम तथा स्थानीय कार्यक्रमका बारेमा जानकारी प्रशिक्षक स्वास्थ्य कार्यालय काठमाडौंका अधिकृत विष्टले बताएकी छन् । साथै समुदायको स्वास्थ्य विकासमा जनस्वास्थ्यको भूमिकाको विषयमा प्रस्तुति र छलफल गरिएको आयोजकले बताएको छ ।
महिला र किशोरीहरुको जनस्वास्थ्यमा स्थानीय पहुँच के कस्ता छन् ? कसरी समुदायमा जाने ? जस्ता विषयवस्तुहरु डा. श्रेष्ठले बताएकी छन् । कोभिड–१९ को समयअवधिमा महामारीले जनस्वास्थ्यमा पारेको प्रभावसम्बन्धि र यी कुराबाट कसरी सचेत तथा सुरक्षित रहन सकिन्छ ? जस्ता विषयलाई प्रशिक्षक डा. श्रेष्ठले बताइन् । यसैगरी मातृत्व स्यहार र बाल स्वास्थ्यका बारेमा पनि छलफल गरिएको थियो । उनले नेपालमा मातृत्व र बाल स्वास्थ्यबारे नीति तथा सुविधाका बारेमा पनि जानकारी दिइन् ।