राम कुमार चौधरी
नेपालगञ्ज/कुनै समयमा थारु समुदायले प्रयोग गर्ने काठको पौवा हराइसकेको छ । आजभोलि थारु समुदायमा पौवा बिरलै देख्न पाइन्छ ।
पौवा अव थारु संग्रहालयमा मात्रै देख्न पाइन्छ । चप्पल आकारको काठमा बाबियोको डोरीको फिता लगाइ बनेको पौवा एक पटक बनाएपछि वर्षौै वर्ष टिक्ने गर्दछ । पाँच दशक पहिले देखि पौवाको प्रयोग हुँदै आएको जानिफकारहरु बताउँँछन् ।
त्यतिबेला चप्पलको प्रयोग थिएन, कृषिको काम गर्दा, गोठालो जाँदा पौवालार्इनैं उचित मान्ने भनार्इ थारु अगुवाहरुको छ ।
हाल पौवा प्रयोगमा नआएतापनि थारु समुदायका वृद्धहरुले चिनोको रुपमा घर, घरमा राखेको पाईन्छ । वर्षातमा भने जेष्ठ नागरिकहरुले हिलो बाटोमा हिंड्नको लागि पौवा लगाएको देख्न सकिन्छ ।
कुनै समयमा थारु समुदायमा घरेलु दैनिक प्रयोगका समान, कृषि औजारहरु स्थानीय कच्चा पदार्थहरुबाट आफै बनाउँथे । समयको आधुनिकिकरणसंगै कलात्मक कृषि औजारहरु हराउँदै गएकाछन् ।
काठको पौवाले थारु समुदायको कला संस्कृतिको पहिचान दिन्छ । यसको उचित प्रबर्द्धनको लागि थारु युवा अग्रसर हुन जरुरीछ ।