काठमाडौं– आदिबासी जनजाती युवा महासंघ नेपालको केन्द्रीय अध्यक्षमा हेमन्त दुमी राई निर्वाचित भएका छन् । उनले प्रतिद्वन्द्वी कुमार प्रधानलाई ५६ मतले पछि पार्दै जित सुनिश्चित गरेका हुन् ।
चैत २० र २१ गते बुटवलमा सम्पन्न भएको ५औं राष्ट्रिय महाधिवेशनमा जम्मा १३६ कुल मतमा राईले ८५ मत प्राप्त गरेका थिए भने प्रतिद्वन्द्वी प्रधानले २९ मत पाएका थिए । त्यस्तै वरिष्ठ उपाध्यक्षमा मुलिवा नाछिरिङ, संघीय उपाध्यक्षमा हिलारी बन्धु भुजेल, संघीय महिला उपाध्यक्षमा मञ्जु थापा, महासचिवमा किरण श्रेष्ठलगायत निर्वाचित भएका छन् ।
प्रभाव दैनिकसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष राईले महासंघको विगतका कार्यहरूलाई निरन्तरता दिँदै संगठनको विकास र विस्तारमा जोेड दिइने बताएका छन् । उनले एकल जातीय युवा संस्थाहरूलाई आदिवासी जनजाति युवा महासंघमा आबद्ध गराउने बताउँदै आदिवासी अधिकारको सवालमा अग्रणी संस्थाको रूपमा विकास गर्ने अबको कार्यदिशा भएको बताए ।
आदिवासी जनजाती युवाहरूको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरी अन्तर्राष्ट्रिय संजाल बनाउने तथा आदिवासी युवाहरूलाई सामूहिक लगानी र उद्यमशिल विकासमा जोड दिने पनि उनले बताएका छन् । साथै आदिवासी जनजातीहरूको भाषा, धर्म, संस्कृतिको संरक्षण र सम्र्बद्धनलगायत पहिचान पुनस्र्थापना र अधिकार प्राप्तिका लागि सबैखाले संर्घषको कार्यक्रमहरू तय गर्ने उनले जानकारी दिए ।