०६२÷६३ सालको दोस्रो ऐतिहासिक जनआन्दोलनको फल हो लोकतन्त्र दिवश । लोकतन्त्र प्राप्तिका लागि भएको सबै जनआन्दोलन, जनयुद्ध र अन्य सबै आन्दोलनमा प्राण त्यागेका ज्ञात–अज्ञात सपूतहरूलाई हार्दिक श्रद्धासुमन । यदि देश बन्छ भने ज्यानको बाजी नै दिन तयार भएका वीर गोर्खालीका ती सहिदहरूको बलिदानले आजसम्म यो धर्ती संचित भएको छ । हरेक कालखण्डमा वा राजनीतिक परिवर्तनका खाका कोर्ने भनेको नै सहिदहरू हुन्, उनीहरूको निःस्वार्थ भावले नै हाम्रो नेपालीको शिर उच्च रहेको छ । नेपाल र नेपालीबीच सधैँ यस्तै उत्तम कार्यका कारण पनि विश्वसामू नेपालको नाम अग्रस्थानमा रहेको छ ।
०६२÷६३ को जनआन्दोलनलाई नेपाली राजनीतिकै नयाँ मोडका रूपमा लिइन्छ । यही लोकतान्त्रिक देश भएपछि नै नेपालीहरूको प्रतिक्षाको घडी अन्त्य गर्न ३ असोज ०७२ मा नेपालको संविधान, ०७२ जारी भयो । यो ऐतिहासिक दिन लोकतन्त्रका नाममा नेपाली सतूतहरूले गरेको ज्यान उत्सर्गको परिणाम हो । संविधानको जन्म भएको दिन हरेकको घरघरमा दीपज्वलन गरिएको थियो । नेपाल र नेपाली जनताहरूले लोकतन्त्रपश्चात पाएको संविधानको पुस्तकले न्याय त पाएको छैन एउटा पुस्तकालयमा सजाउनका लागि मात्रै सीमित भएको भान हुने गर्छन । ‘सानालाई ऐन ठूलालाई चैन’ नै भइरहेको छ र त अझैँ पनि लोकतन्त्र आएको छैन जस्तो लागेको छ । हुनत् ०७४ सालमा नेपाली जनताहरूको संविधानमा टेकेर तीन चरणका निर्वाचन गरेर स्थानीय, प्रादेशिक र संघीय सरकारका लागि नेतृत्व चयन गरेका छन् । नेपाली जनताहरूले नेकपालाई ५ वर्षका लागि भनेर बहुमतको सरकारमा पु¥याएको छ । तर, जति नेपाली जनताहरूले आसा र भरोसाका साथ विश्वासको मत लगाएका थिए, आज आएर राजनीतिक स्वार्थका कारण आफू–आफू बीचको द्वन्द्वका कारण जनताहरूमा निराश बनेका छन् । जनताको दैनिकीमा खास केही पनि परिवर्तन आउन सकेको छैन । जीवनस्तर जस्ताको तस्तै छ । आजका मितिमा लोकतान्त्रिक नेपालमा नेपालको दोस्रो राष्ट्रपति नेपालकी छोरी महामहिम राष्ट्रपति विद्यादेवी भण्डारी पदासिन हुनुहुन्छ । तर, महिला राष्ट्रपति भएको देशमा महिलाहरूमाथि दिनदिनै बलात्कार, हत्या हिंसाजस्ता जघन्य अपराधहरू दिनप्रतिदिन बढिरहेका छन् । अहिलेसम्म पनि निर्मला पन्तजस्ता कैयौँ बालवालिकाहरूका आफन्तले न्यायालयको ढोकामा न्यायको भिख मागिरहनु परेको छ । राज्य पक्षबाट हरेक यस्ता घटनाहरूलाई सामान्य रूपमा लिइएको छ । यहाँ लोकतन्त्रका निम्ति धैरैले आङ्खनो ज्यान, परिवार, घरबार त्यागेर ल्याएको सत्यता छ । तर, आज आएर हाम्रो देशमा सत्यतालाई बिर्सिएर झुटको खेतीतिर लागि रहेका छन् ।
परिवर्तनको ठूलो खम्बा भनेको राजनीति हो तर, अहिले त्यही राजनीतिले बाटो फेरेको छ । यानकी यहाँ राम्रो काम गर्नेलाई दण्ड र गतल कार्य गर्नेलाई पुरस्कृत गर्ने राजनीतिमा विचौलियाको बिगबिगी बढेको छ । गरिब झनै गरिब भइरहेको छन्, भने धनी झन्–झन् धनी नै बनिरहेका छन् । लोकतन्त्र र संविधानका पानाहरू पल्टाउन छोडिसके । नियम भन्दा नेताको गोजीबाट निकालेर मान्छेअनुसार व्यवहार र कानुन लागू गरेको पाइन्छ । यहाँ लोकतन्त्रमा कानुन आफैँ राजनीतिक दलहरूबाट पटक–पटक बलात्कृत भएको छ । किनभने नेताअनुसारको कानुनीरूपमा पनि फेरबदल गरिएको पाइन्छ । पटक–पटक संविधान संशोधन गर्ने हो भने किन जनतालाई झुक्याएर संविधान जारी गरिएको त ? अनि सोझा सीधा जनतालाई अन्याय पर्दा किन ती संविधानका ठेलीहरू पल्टाइँदैनन् ? यो प्रश्न नेपाल सरकारका उच्च पदमा आसिन न्यायलयका पण्डितहरूलाई पनि हो । राजनीति मात्रै हैन प्रशासनिक तवरबाट पनि लोकतन्त्रको प्रमुख मूल्य र मान्यतालाई जोगाइ राख्न सक्नुपर्ने कर्तव्य हो, नत्र राज्यको ढुकुटी रित्याउन मात्रै त्यो पद होइन महोदय । एउटा नेता कुनै मन्त्रालयमा मन्त्री भएर आउँदा जति चाकरी गर्छौ नि, त्यो चाकरी गर्न नेपाल सरकारले भर्ती गरेर राखेको होइन । जनताको पक्षमा काम गर्नलाई राखेको हो ।
अबका दिनहरूमा लोकतन्त्रका पक्षधरहरूले यस्ता अनावश्यक चाकरी प्रथामा लागेका केही थान व्यक्तिहरूलाई पनि राज्यको तवरबाट मूल्यांकन गरी दण्डको व्यवस्था हुनु पर्छ, अनिमात्रै सहिदको सपनाहरू साकार हुनेछ । लोकतन्त्र के का लागि थियो ? त्यसमा ध्यान दियौँ भने मात्रै लोकतन्त्रको पर्यावाची बन्न सकिन्छ । लोकतन्त्र आएको धेरै वर्ष भइसक्यो तर, जनताको जनजीवन त उस्तै छ त अनि लोकतन्त्रको जीत कसरी भयो त देशमा । सधैँ भ्रष्टचारीहरू नै उच्च तहमा पुग्नु नै लोकतन्त्रको जीत हो त । खैत अझँै पनि कैयौँ बालवालिकाहरू स्कुल जानबाट बञ्चित छन्, प्रत्येक दिन वैदेशिक रोजगारका लागि युवायुवतीहरू विभिन्न देशहरूमा बेचबिखन भइरहेका छन् । गाँस, बास र कपासको राम्रो व्यवस्था नै छैन । यस्ता समस्याहरू त अनगिन्ती रूपमा रहेका छन्, अझैँ पनि राज्यको निकायबाट पाउनु पर्ने सेवा सुविधाहरू जनताले पाएका नै छैनन् । वास्तवमा भन्नुपर्दा राजतन्त्रमा भन्दा धेरै लोकतन्त्रमा जनताहरू मारमा परिरहेका छन् ।
लोकतन्त्रमा न सरकारले केहि गरिदिन्छ न जनताहरू आफैँ केही गर्न सकिरहेका छन् । एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा त राज्य प्रवेश ग¥यो, तर आज देश सञ्चालन गर्ने नेताहरू ‘कुइरो भित्रको काग’ जस्तै भइरहेका छन् । जबसम्म राजनीतिक स्वार्थ भन्दामाथि उठेर देश र जनताको हितको निम्ति नेतृत्ववर्गले सोच्ने गर्दैनन् तबसम्म देश र वीर सहिदहरूको सपना साकार हुनेछैन । नत्र देशलाई सधैँभरि सहिद र तीनका परिवारको आशु लाग्नेछ । जनतालाई नेताको भाषणमा होइन, हरेक नेपालीहरूको चुलोमा वा घरघरमा लोकतन्त्र आएको आभाष दिलाउन सक्ने कार्य गरिनु पर्दछ ।
वर्तमान अवस्थामा कोभिड–१९ को दोस्रो लहर सुरु भइसकेको छ । सरकारले विभिन्न स्वास्थ्यका मापदण्डहरू अपनाएर मात्रै अतिआवश्यक काममा मात्रै घर बाहिर निस्किनु भनेर सूचना जारी गरेको छ । अहिले हेर्दा राज्यको कर्तव्य सूचना जारी गर्नु होजस्तो मात्र देखिएको छ । राज्यले जनहितमा सन्देश प्रवाह गर्दैगर्दा जनहितमा आधारभूत आवश्यकता पूरा गर्न पनि सक्नुपर्छ । लोकतन्त्रमा भोकभोकै मान्छे मर्ने अवस्था त आउनदिनु भएन नी ।सरकारको जस्तो जनताको ढुकुटी हुन्न, अधिकांश नेपालीहरूको अवस्था दयनीय नै छ । पहिलो चरणको कोभिड–१९ ले जनजीवन कष्टकर भएको देखिएको नै हो । त्यही आधारमा सरकारले हरेक जनताको स्वास्थ्यमा खेलवाड गर्नुहुन्न । यदि सरकारले जनताको स्वास्थ्यजस्तो विषयमा संवेदनशील भएन भने ठूलो मूल्य चुकाउनु पर्नेछ । राज्यसँग उपलव्ध स्रोत, साधनहरूलाई न्योचित वितरण गरेर जनताको हित गर्नु नै लोकतन्त्रको मूल मर्म हो ।
लोकतन्त्र दिवसको शुभकामना ।