पत्रकारिता आफैँमा चुनौतीपूर्ण पेसा त हुँदै हो । अझ द्वन्द्वकालीन समयका पत्रकार दुई धारी तरबारका धार टेकी हिँड्ने यात्री थिए, चिप्लिएकाहरू सकिए । १ फागुन ०५२ बाट तत्कालीन माओवादीले रोल्पाबाट देशमा सशस्त्र विद्रोहको थालनी गर्यो । मुलुकमा जनताले दुई बन्दुकहरूको नोखमा दैनिकी चलाउनु पर्ने बाध्यता थियो । एकातिर प्रहरी र सेना अर्कातिर विद्रोही माओवादीको लालसेना । माओवादीले गाउँ, बजार, जिल्ला कब्जा गरी जनसरकारको घोषणा गरिरहेका थिए । जनअदालत निर्माण (स्थापना) गरिरहेका थिए । एकातिर स्वतन्त्र, तटस्थ र जिम्मेवार पत्रकारितालाई निरन्तरता दिनुपर्ने कठिन घडी थियो । ग्रामीण क्षेत्रमा पत्रकारिता गर्ने व्यक्ति सिमित थिए । उनीहरू राज्य र विद्रोही दुवैको नजरमा पर्थे । समाचारको विषय वस्तुलाई लिएर राज्य र विद्रोही दुवैको नजरमा परिन्थ्यो । पत्रकारको मुख्य चुनौती यथार्थ, सन्तुलन, निष्पक्ष हुनुपथ्र्यो ।
पत्रकारले पनि जनताकै लागि पत्रकारिता गर्नुपथ्र्यो । अनि, ज्यादति सास्ती पनि नेपाली जनता खेप्नु परेको थियो । त्यो समयमा मोफसलमा रहेर विभिन्न सञ्चार माध्यमका दैनिक, साप्ताहिक पत्रपत्रिका प्रकाशित थिए । राजधानीबाट प्रकाशित पत्रपत्रिकाको पनि प्रभाव मुलुकभरी थियो । मुलुकमा सशस्त्र द्वन्द्वको सुरुवात् पश्चिम नेपालबाट सुरु भएको थियो । पूर्वी नेपालमा भने सशस्त्र द्वन्द्व घोषणा भएको केही वर्षपछि मात्र प्रभाव देखिएको थियो । तर, भुसको आगो सरी माओवादी आन्दोलनको विस्तार भइरहेकै रहेछ । माओवादी आन्दोलनले राज्यको चरित्र ग्रहण गरिसकेको थियो । विद्रोही चरित्र, जनसरकार, जनअदालत, जनकारबाही, जनशिक्षा, लालसेना भन्दै गाउँ प्रवेश गरिसकेका थिए । म चतरा डेटलाइनबाट पत्रकारिता गर्थेँ । मर्निङ पोष्टमा टिपोट र रिपोर्ट गर्थेँ । हिमाल राई बाइलाइन थियो । (जस्को सल्लाहकार अग्रज पत्रकार हर्ष सुब्बा, प्रधानसम्पादक आनन्दकुमार श्रेष्ठ, सम्पादक÷प्रकाशक विमल शाक्य, कार्यकारी सम्पादक डम्बरकृष्ण श्रेष्ठ, प्रमुख सम्पादक उपेन्द्र पोखरेल थिए हाल पत्रिका बन्द छ ।)
समाचारको सम्पूर्ण जिम्मा स्वयं पत्रकारले लिनु पथ्र्यो । अहिले पनि लिनुपर्छ । तर, तत्कालीन समयको परिस्थिति फरक थियो । निश्चित तलब–सुविधा थिएन । बिमा थिएन । कानुनी सहयोग थिएन । मात्र जनताप्रति उत्तरदायित्व र पत्रकार बनिरहने जुनुन थियो । तत्कालीन शाही सेनाले माओवादी आतंककारीको नाममा ६ जना स्थानीयको हत्या गर्यो । माओवादीले आङ्खनो प्रभाव बढाउन (सुराकी, सफाया, भाटे कारबाही) जनकारबाही चलायो । विकृत समाजलाई सुसंस्कृत बनाउने, शिक्षालाई प्रगतिशील बनाउने अभियानमा तत्कालीन माओवादीले बाटो बिराए । जनचेतनामा भन्दा बढी जनकारबाहीमा जोड दिइएपछि निश्चय नै समाजका केही अराजक–उच्छृंखल गतिविधि बन्द भए । तर, माओवादीको नाममा अर्को अराजकता र विकृति मौलाइरहेको थियो ।
नेपालमा पहिलोपटक बराहक्षेत्रमा ०५८ सालमा माओवादीहरूको ज्यादतिविरुद्ध स्थानीय जनताहरू स्वतःस्फुर्त प्रतिकारमा उत्रिएपछि माओवादीहरू केही समयका लागि विस्थापित भएका थिए । त्यस समय आजको जस्तो सूचनाको पहुँच सबैमा थिएन । माओवादीविरुद्धको प्रतिकारको समाचार राष्ट्रिय वा मोफसलका छापा माध्यमका पत्रपत्रिका र रेडियोहरूमा प्राथमिकतामा पर्न सकेन ।
धरानको छाता चोकबाट प्रकाशित हुने राष्ट्रिय दैनिक मर्निङ पोष्ट पत्रिकामा पहिलो समाचार,फोटो छापिएको थियो । धरानका विजय श्रेष्ठ (नेपाल टेलिभिजनमा कार्यरत) ले प्रतिकारको भिडियो खिच्नु भएको थियो तर त्यो समय नेपाल टेलिभिजले दृष्य–फुटेज समचार प्रसारण गरेन । सत्य, तथ्य, यथार्थ, समाचार लेखेर जनता माझ पु¥याउनु पर्ने आवश्यकता थियो । द्वन्द्वकालीन समयमा ग्रामीण क्षेत्रमा रहेर पत्रकारिताको धर्म निर्वाह गर्नुपथ्र्यो, गरिरहे । पत्रकारले समाचारका विषयमा कुनै शक्तिहरूसँग सम्झौता गर्नु हुन्न, झुक्न हुन्न । आफूले लेखेको समाचारमा यस्तो होस्, जसको सत्यता, यथार्थता र निष्पक्षताको विषयलाई लिएर एक धर्को पनि फेर्न नपरोस् । आजको आदर्श, मूल्य, मान्यता पनि यही हो ।
द्वन्द्वकालीन समयमा पनि मैले बराहक्षेत्रमा बसेर पत्रकारको धर्म निर्भिकताका साथ निर्वाह गरिरहेर र राज्य–विद्रोही माओवादी कुनै पनि शक्तिसँग समाचारको विषय वस्तुमा सम्झौता गरिनँ, झुकिनँ । पत्रिकाको समाचारमा बाइलाइन आउन मुस्किल पथ्र्यो । समाचार हुलाकबाट रजिस्टर गरेर पठाउनु पर्ने बाध्यता थियो । नभए सवारीसाधनमा वा आफैँ पुगेर दिनुपथ्र्यो । अहिलेजस्तो हातहातमा मोबाइल र इन्टरनेट सेवा थिएन । बराहक्षेत्रको–बयरवन बजारमा एक मात्र फोन ०२५– २१४५५ कवि मान बज्राचार्यको घरमा गा.वि.स.को भि.एच.ए.सेट थियो । गा.वि.स.भरिका मान्छेहरूको फोन गर्ने एउटै मात्र माध्यम टेलिफोन थियो । जनताको सञ्चो बिसब्चो, दुःख, सुखको खबर पाउने छिटो छरितो भरपर्दो फोन थियो । त्यो समय फोन गर्न ५ देखि ३० मिनेटसम्म पालो कुरेर बस्नु पथ्र्यो । मैले पनि समाचार टिपाउन धेरै चोटी तेही फोनको साहरा लिएको थिएँ ।
त्यो फोनको नराम्रो पक्ष पनि थियो । बोलेको कुरा एफ.एम. टिप्ने रेडियो सेटबाट सजिलै सुन्न सकिन्थ्यो । बोलेको कुरा रेडियोको मिटर धुमाउँदा सुनिन्थ्यो । अति महत्वपूर्ण कुरा कसैले नगरे हुन्थ्यो । मैले पत्रिकाको अफिसमा फोनबाट समचार टिपाएको विषयमा विद्रोही माओवादी समूहका कार्यकर्ताबाट धेरैपटक मानसिक यातना भोग्नु परेको थियो । बन्दुक बोकेका माओवादीसँग आँट भरोसाले विचार–कलमले एक्लै लडेँ । पत्रकार उपेन्द्र पोखरेल, मनिता चाम्लिङलगायत त्यति बेलाका समकालीन अग्रज पत्रकार स्थानीय बासिन्दाहरूलाई राम्रोसँग थाहा छ ।
द्वन्द्वकालिन समयमा माओवादीविरुद्ध प्रतिकारको समचार निष्पक्ष रूपमा लेखेको विषयमा माओवादीहरूको निशानामा परिरहेको थिएँ । माओवादी कार्यकर्ताले मलाई चतरा बजारबाट अपहरण गरेर सप्तकोसी नदीमा काठे डुंगा चढाएर उदयपुर जिल्लाको मैनामैनी गाउँ (हाल बेलाका नगरपालिका वार्ड नं ८ नयाँ पुल सप्तकोसीमा) पुर्याएर ४ दिनसम्म माधव राईको धरमा राखे । आरोप थियो सुराकीको ।
अत्यन्तै मानसिक यातनाका बीच माओवादीबाट मुक्त भएँ । तत्कालीन समयमा मलाई कुनै पनि शारीरिक यातना भने दिइएन । शुभचिन्तक, स्थानीय जनता, पत्रकार, नागरिक समाज, मानव अधिकारवादी संघसंस्था र माओवादीभित्रकै असल आचरण र वैचारिक व्यक्तित्वहरूको सहयोगले म सकुसल अपहरणमुक्त भएँ । मान्छे जिवित छ, इतिहास साक्षी रहेको छ । बराहक्षेत्र वडा नं १ का भाइ पत्रकार गोपाल दाहाल र धरानका (म्युजिक भिडियोका क्यामरापर्सन) भाइ राजीव दाहालहरूले मलाई अपहरण गरेर राखेको स्थानसम्म सोधखोज गर्दै पुगेका थिए र अपहरणमुक्त गराउन महत्वपूर्ण भूमिका खेल्नु हुने सबैलाई हृदयवाट आभार र साधुवाद । तत्कालीन समयमा राज्य वा विद्रोही समूहको अपहरणमा परेपछि बाँचेर घरपरिवारसँग भेट होला भन्ने कल्पना गर्न सकिँदैनथ्यो । अपहरण कब्जामा परेको व्यक्तिहरूलाई विद्रोही समूह र राज्यबाटै बेपत्ता–हत्या हुने घटनाहरू भइरहेको थियो । राज्य पक्षबाट पत्रकार कृष्ण सेन इच्छुकलगायत अपहरणपछि हत्या गरिएको थियो । विद्रोही समूहबाट पत्रकार डेकेन्द्र थापालगायतको अपहरणपछि हत्या गरिएको इतिहास साक्षी छ ।
द्वन्द्वपीडितको नाममा राज्यबाट सेवा सुविधा पाएको सुनेको थिएँ । तर मैले त्यसमा दाबी गरिनँ र एक सुको पनि लिइनँ । ५ मंसिर ०६३ मा शान्ति सम्झौतामा माओवादी विद्रोहीका अध्यक्ष पुष्पकमल दाहाल र तत्कालिन सरकारको प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच शान्ति सम्झौतामा हस्ताक्षर भएपछि सशस्त्र द्वन्द्व अन्त्य भएको थियो । सशस्त्र द्वन्द्वमा १७ हजार नागरिकहरूले ज्यान गुमाएको र १४ सय बेपत्ता भएका थिए । राजनीतिक उतार चढावसँगै मुलुकले नयाँ व्यवस्था अंगीकार ग¥यो । सशस्त्र युद्ध रूपान्तरण भई जनआन्दोलनका रूपमा अघि बढ्यो ।
०६२÷६३ पछि ग्रामीण क्षेत्रमा पनि सञ्चार माध्यम, सञ्चारकर्मीहरूको उत्पादन राम्रोसँग भयो । बराहक्षेत्र गा.वि.स.का स्थानीय सचेत युवा पत्रकारहरूको सक्रियतामा ०६४ वैशाखमा चतराको बोलबम धर्मशालामा पहिलोचोटी ‘बराहक्षेत्र’ मासिक पत्रिकाको वरिष्ठ पत्रकार सञ्जयसन्तोषी राई र जनकऋषि राईले विमोचन गर्दै प्रकाशन शुभारम्भ भएको थियो । जसको सम्पादक गोपाल दाहाल, प्रबन्ध सम्पादक म लगायत अन्य भाइहरूको सहकार्य पत्रिका निस्केको थियो । पत्रकारिताको एउटा युग र बेलाको निक्र्योल गर्न सकियो । सशस्त्र द्वन्द्वअघिको पत्रकारिता, सशस्त्र द्वन्द्व सँगसँगैको पत्रकारिता र जनआन्दोलन ०६२÷६३ पछिको पत्रकारिता ।
यी तीन समय विविध कठिनाइका बीच ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गरियो । नेपाल पत्रकार महासंघ सुनसरीको १ वैशाख ०५८ मा बराहक्षेत्रवाट प्रतिनिधित्व गरेर पहिलो सदस्यता लिएको थिएँ । क्रम संख्यामा २९औँ स्थानमा मेरो नाम दर्ज थियो । अहिले पनि पत्रकार महासंघ सुनसरीको सदस्यतालाई निरन्तरता दिँदै ग्रामीण क्षेत्रमा बसेर सत्य तथ्य यथार्थ कुरामा कलम चलाई पत्रकारिताको धर्म निर्वाह गरिरहेको छु । हाल पत्रकार महासंघको क्रम संख्या २७ मा मेरो नाम दर्ज रहेको छ । पत्रकार महासंघले गाउँ, सहरमा बसेर पत्रकारिता गर्ने व्यक्तिलाई मुस्किलले समेट्दथ्यो वा समेट्दैनथ्यो । सहरका पत्रकारहरूको नजरमा परे पत्रकार हुने, उनीहरूका गतिविधिमा सहभागी भए पत्रकार हुने अवस्था थियो । अहिले पनि उस्तै छ । अन्यथा पत्रकार भइँदैनथ्यो । गाउँमा बसेर पत्रकारिता गरेको दिन, हप्ता, महिना, वर्षहरू बिते पनि गन्तीमा परिँदैनथ्यो ।
पत्रकारका नेतृत्वले ग्रामीण क्षेत्रका पत्रकारलाई गर्ने व्यवहार हेर्ने दृष्टिकोणमा फरक महसुस हुन्थ्यो । सहर र जिल्लाका धेरै गति विधिमा हाम्रो सहभागिता आवश्यक ठानिँदैनथ्यो । प्रेस युनियन, प्रेस चौतारीलगायत पार्टी र विचारबाट प्रभावित पत्रकारका संगठन, संस्था पनि थिए । उनीहरूको अवस्था पनि उस्तै थियो । पत्रकार महासंघको नेतृत्व यिनै पार्टीका भ्रातृ संगठनबाट प्रतिनिधित्व गर्थे र अहिले पनि गर्छन् । जस्को पछिल्लो उदाहरण ५ चैत ०७७ मा देशव्यापी रूपमा भएको नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लाको चुनावलाई लिन सकिन्छ । तीनै तहको निर्वाचनमा प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारीलगायत गठबन्धन गरेर चुनावमा होमिएका थिए ।
पत्रकारको हक हित,अधिकारको लागि बोल्ने संस्थाका रूपमा स्थापना भए पनि राजनीतिक पार्टीका भ्रातृ संघ, संगठन मात्र थिए । गाउँमा बसेर स्वतन्त्र रूपमा पत्रकारिता गर्ने व्यक्तिहरूको सशक्तीकरण गर्नु त परै जाओस्, प्रोत्साहन, हौसला स्वरूप सम्मान गर्नेहरूको समेत अभाव थियो र छ । यसरी अभाव, फरक दृष्टिकोणका बीचमा गाउँमा बसेर मैले पत्रकारिता गरेको थिएँ ।
अब पनि दुःखद, कष्टकरको पत्रकारिता गर्नेु नपरोस् भन्ने उद्देश्यले ग्रामीण क्षेत्रमा बसेर स्वतन्त्र रूपमा पत्रकारिता गर्नेहरूको हकहित, पेसागत अधिकार, एकताका लागि आवाज बुलन्द उठाउनु पर्छ भन्ने सोच ममा पलायो । त्यसका लागि के गर्ने त ? ग्रामीण क्षेत्रमा बसेर पत्रकारिता गर्ने पत्रकार भाइहरूलाई समेटेर सञ्जाल निर्माण गर्ने सोच आयो । बराहक्षेत्र, भरौल, प्रकाशपुर, झुम्का, पकली, खनार, दुहबीलगायत ग्रामीण क्षेत्रलाई आङ्खनो कार्मथलो बनाई पत्रकारिता गर्ने भाइहरूको एउटै मत थियो, ग्रामीण क्षेत्रका लागि पत्रकारको छुट्टै संस्था चाहिन्छ । यही भावनाअनुसार ०६५ सालमा भरौलको कालाबञ्जारमा मेरै अग्रसरतामा ‘ग्रामीण पत्रकार सञ्जाल’ तदर्थ समिति गठन गरी स्थापना भएको हो । म अध्यक्ष, उपाध्यक्षमा दुर्गाबहादुर बस्नेत, सचिव सन्तोष गुप्ता र अन्य साथीभाइहरू बाबुराम कार्की, नवराज विष्ट, प्रदीप चौधरीलगायत मिलेर तदर्थ समिति निर्माण भयो । पछि, बाबुराम कार्कीको अध्यक्षतामा ‘ग्रामीण पत्रकार समूह’ जिल्ला प्रशासन कार्यालय सुनसरीमा दर्ता भयो र हाल हिरण्य कार्कीले संस्थाको नेतृत्व गरिरहनु भएको छ । २० वर्षपछि आँखी झ्यालबाट फर्केर हेर्दा अहिलेको अवस्थामा पनि ग्रामीण क्षेत्रको पत्रकारिताको महत्व उँचो र उस्तै छ । कृषि, पर्यटन र समृद्धिको सपना पूरा गर्न गाउँको पत्रकारितालाई प्रभावकारी बनाउन नेपाल पत्रकार महासंघलगायत सम्बन्धित सरोकारवाला निकायले महत्वपूर्ण भूमिका खेल्न आवश्यक छ । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिकाभित्र सामुदायिक रेडियो १ वटा, २ वटा साप्ताहिक पत्रिका सञ्चालनमा आइरहेको छ । हालसम्म नेपाल पत्रकार महासंघको साधारण सदस्यता लिने भाइबहिनीहरूको सख्या १७ रहेको छ र विभिन्न स१चार माध्यम आवद्ध रहेका छन । आवरउदयपुरबाट