नेपालगञ्ज/बासद्धारा साप्ताहिक रुपमा सञ्चालित ईन्स्पाईरिङ्ग युथ Inspiring Youth कार्यक्रमको संयोजकमा रबिन्द्र बोहरालाई नियुक्त गरिएकोछ ।
असार १६ गते सम्पन्न बास सचिवालय बैठकले बोहरालाई संयोजकमा नियुक्त गरेको हो । यस भन्दा अघि सो जिम्मेवारीमा खेम बिष्ट थिए ।
कार्यक्रमको लोकप्रियता, स्तरियता र प्रभावकारिता अभिबृद्धिका लागि संयोजकको जिम्मेवारी प्रदान गरिदै आएकोछ ।
बोहरा २०७० साल देखि बासमा आबद्ध रहेकाछन् । साधारण सदस्य रहँदै स्वयंसेवक संयोजकको जिम्मेवारी समेत बहन गरिरहेका बोहरा अछामको कमलबजार नगरपालिका वडानम्बर ७ का स्थायी बासिन्दा हुन् ।
युवाहरुलाई सकारात्मक कार्यमा लाग्न अभिप्रेरित गर्ने, कर्तव्यशिल, ईमान्दार, अनुशासित र कर्मशिल युवा बन्न उत्प्रेरित गर्ने, उत्प्रेरणा र सशक्तिकरणका माध्यमबाट युवा शक्तिलाई समाज विकासमा परिचालन गर्ने, समृद्ध राष्ट्र निर्माणका लागि युवा शक्तिको सहभागिताका लागि अभिप्रेरित गर्ने उद्धेश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा महिनाको पहिलो हप्ता सहभागिहरु बिच Debate, दोश्रो हप्ता फरक, फरक क्षेत्रका Motivator द्धारा Motivational Speech, तेश्रो हप्ता फरक, फरक क्षेत्रका सफल, उदाहरणिय, बौद्धिक व्यक्तित्वद्धारा सफलताको कथा बाचन, महिनाको चौथो हप्ता युवाहरुलाई नेतृत्व विकास बारे तालिम प्रदान गरिदै आएको छ भने सहभागिहरुमा भएको ज्ञान र क्षमता आदान, प्रदान गर्ने कार्य समेत गर्ने गरिएको छ ।
२०७३ जेष्ठ १ गते देखि शुरु भएको यस कार्यक्रमले सफलताका २ बर्ष पार गरेकोछ । हाल सम्म ९१ वटा श्रृंखला सम्पन्न भएकाछन् । हाल सम्म ३००० बढिले कार्यक्रममा सहभागिता जनाईसकेका छन् ।
नेपालगञ्जका सफल तथा उत्प्रेरक बक्ताहरुले प्रबचन दिईसकेको उक्त कार्यक्रममा यस अगाबै राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटा, नायक जीवन लुईंटेल, बरिष्ठ म्याराथन धावक बैकुण्ठ मानन्धर, कथाकार महेश बिक्रम शाह, पूर्ब सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, चर्चित म्यागसेसेर पुरस्कार बिजेता महाबिर पुन, चर्चित नायिका सञ्चिता लुईंटेल र मोटिभेसनल स्पिकर सृष्टि के.सी.को लगाएतको उपस्थितीमा बिशेष कार्यक्रम सम्पन्न भईसकेको छ ।