पछिल्लो राजनीतिक घटनाक्रमले ओलीसँग राजनीति गर्ने होइन, सिक्ने हो’ भन्ने भनाइलाई चरितार्थ गरेको छ । ओली कुशल राजनीतिक खेलाडी हुन् भन्ने कुरालाई नर्कान सकिँदैन । ओलीलाई राम्रोसँग थाहा छ, कसको हात समाउनु पर्ने हो, कसको पाउ समाउनु पर्ने हो र कसको कठालो ।
त्‘सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजनीतिमा केपी ओली पुनः चतुर सावित भएका छन् । अदालत, संसद, मिडिया, आमजनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ ।’ केही दिन अगाडि पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले केपी ओलीको पुनः नियुक्तिपछि गरेको ट्वीट हो यो । डा.भट्टराईको यो ट्वीट आधा सत्य छ, आधा झुट । सत्य यस कुरामा छ कि ‘सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनः चतुर सावित भए’ र झुट ‘अदालत, संसद, मिडिया, आमजनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ ।’
तर, डा.भट्टराईले भनेजस्तै ओलीको विकल्प परिस्थितिले टारिदिएको छ । हो, केपी ओली चतुर साबित भए, तर, छलकपट, जादु, टुनामुना गरेर होइन, आङ्खनै स्वविवेकले । ओली तेस्रोपटक देशको प्रधानमन्त्री हुँदै गर्दा सामाजिक सञ्जालमा उनीप्रति विभिन्न टीकाटिप्पणीहरू भए । टीकाटिप्पणीमा उनको विरोध कम, सहानुभूति र श्रद्धा धेरै । मुलुकको ४२औँ र आङ्खनो जीवनको तेस्रोपटक प्रधानमन्त्री बनेका ओलीले यसपटक राजनीति मात्र गरेनन्, राजनीतिको गतिलो पाठ सिकाए, समकक्षीका साथै विपक्षीलाई पनि ।
पछिल्लो राजनीतिक घटनाक्रमले ‘ओलीसँग राजनीति गर्ने होइन, सिक्ने हो’ भन्ने भनाइलाई चरितार्थ गरेको छ । ओली कुशल राजनीतिक खेलाडी हुन् भन्ने कुरालाई नर्कान सकिँदैन । ओलीलाई राम्रोसँग थाहा छ, कसको हात समाउनु पर्ने हो, कसको पाउ समाउनु पर्ने हो र कसको कठालो । ओली स्वभावैले चतुर छन्, चलाख छन्, तर यति कुरा सत्य हो ओलीको चतु¥याइँ स्वयं उनको व्यक्तिगत जीवनलाई भन्दा देशलाई धेरै लाभदायिक छ ।
ओलीमाथि सबैले गर्व गर्नुपर्ने कुरा धेरै नहोलान् तर राष्ट्रवादको सवालमा गर्नै पर्छ । देश र जनताको हितलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय समुदाय समक्ष खुलेर कुरा गर्ने ओलीलाई जनताले कुशल राजनीतिकर्मीका रूपमा चिन्ने गरेका छन् । जनताको विश्वास र भरोसालाई आत्मसात् गर्दै देश र जनताको हितलाई सर्वोपरी ठान्ने ओली जहिले पनि आङ्खनो विचारमा अडिग रहन्छन् । देश र जनताको हितविपरीत कसैसँग सम्झौता नगर्ने कुरा उनको बोली र व्यवहारबाट प्रष्टै देखिन्छ । यिनै ओलीका विरुद्धमा केही पार्टीका नेता, कार्यकर्ताहरू दिनरात नभइनी सडक, सदन र सामाजिक सञ्जालमा सक्रिय भएपनि ओलीको कदमलाई कसैले माथ खुवाउन सकेनन्, यो कुरा ओलीले धेरैपटक प्रमाणित गरिसकेका छन् ।
अब कुरा गरौँ झुटको । नेपाली राजनीतिलाई डा. भट्टराईले जुन रूपमा परिभाषित गर्दै ‘सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको’ भनेका छन्, जसको दोषी को ? ओली या अरु (माधवकुमार नेपाल, पुष्पकमल दाहाल, शेरबहादुर देउवा, महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई) विषय सोचनीय र गम्भीर छ । यसको दोषी केही हदसम्म ओली होलान् तर त्यसको दोष केपी ओलीकै थाप्लोमा हालिनु न्यायोचित पक्कै हुँदैन त्यो दोषको भार स्वयं भट्टराईको थाप्लोमा पनि जान्छ । नेपाली राजनीतिलाई धमिल्याउनेहरूले नै यस्तो भन्नु अनुपयुक्त देखिन्छ । सहमति र सहकार्यका नाममा सधै बाँडिचुँडी खाने संस्कारमा हुर्किएका नेपाल, दाहाल, देउवा, ठाकुर, यादव, राजेन्द्र महतो, के यिनीहरूको दोष छैन ? सत्ताको लुछाचुँडीमा ओलीभन्दा कैयौँ गुणा बढी दोषी यिनीहरू छन्, जसलाई जनताले सजाय दिइरहेका छन् । यतिबेला पनि ठीक त्यही भएको हो । ओली सत्ताको स्वाद चाख्न चुचुरामा पुग्ने प्रयासबाट सबैलाई भुँइमै पछारिदिएका छन् भन्दा फरक नपर्ला ।
ओली पुनः प्रधानमन्त्री हुँदा पंक्तिकारले खुसी व्यक्त गरेको सम्झिनु होला, त्यो पटक्कै होइन । तर पंक्तिकारलाई लागेको के सत्य हो भने ओलीको विकल्पमा हुने प्रधानमन्त्री देउवा वा दाहालभन्दा ओली नै ठीक छन् । अहिले राजनीतिक वृत्तमा ओलीमाथिको अर्को प्रहार हो, महामारीका बेलामा राजनीति ग¥यो । जनता मरिरहेको बेला कुर्चीका लागि मरिहत्ते ग¥यो । तर त्यही कुर्चीका लागि देउवा र दाहालले रातदिन नभनी गरेको अनेकन तिकडम भने कसैले देखेन । राजनीतिमा सत्य र धर्म भन्ने हुँदैन भन्ने कुरालाई पनि यो परिवेशले चरितार्थ गरेको छ ।
हामी जनता अलिकति इमानदार भइदिने हो र सत्यलाई सत्य, असत्यलाई असत्य भनिदिने हो भने राजनीतिक संस्कारमा केही सुधार आउने नै छ । वाग्मती फोहोर भयो भन्ने तर वाग्मतीमा गएर सफा कसैले नगरेजस्तै राजनीतिमा पनि प्रशस्तै फोहोर देख्ने तर, सफा नगर्ने हामी नै होइनौँ ? एकपटक आफैँलाई प्रश्न गरौँ । हामी कसैको कार्यकर्ता, कसैको समर्थक, कसैको पेवा भएरभन्दा पनि इमान्दार, कर्मठ देशभक्त भएर विश्लेषण गरौँ र आलोचना गरौँ । गल्ती, कमीकमजोरी जो कोही पनि हुन्छ, रचनात्मक सल्लाह, सुझावहरू दिऔँ । अहिलेको समय हामीले ओलीको राजनीतिक बठ्याइहरूको आलोचना र समर्थनतिर होइन सरकारलाई कोरोना महामारीका विरुद्धमा लड्नका लागि सहयोग गरौँ ।