शारदा गुरुङ, एसओएस बालग्राममा आफ्ना ४०औँ वर्ष बिताएकी हजारौँ बच्चाहरूकी ‘आमा’ । नेपाली सेनाका कप्तानकी छोरी खान लगाउनमा कुनै समस्या अवश्य थिएन, तर पनि सेवा गर्ने मनहरूलाई अन्य कुनै पनि कुराले नरोक्ने उदाहरण बनिन् शारदा ।
सिन्धुपाल्चोक जिल्ला, एक नम्बर बुंगाथलीमा पिता स्वर्गीय नेपाली सेनाका अवकाशप्राप्त भू.पू.कप्तान रणबहादुर गुरुङ र आमा मनमाया गुरुङको कोखमा २००३ साल मंसिर २ गते शारदा गुरुङको जन्म भएको थियो ।
सानै उमेरदेखि सरल, मिजास स्वभावले भरिपूर्ण शारदा गुरुङले सानोठिमी भक्तपुरमा हर्मन माइनर संस्थापक रहेको एसओएस (बालग्राम नेपाल) मा स्थापित यस संस्थामा २५ वर्ष अर्थात् २०२८ सालदेखि ‘कल्याण निवास’ घरमा ‘आमा’ उपमाले काम गर्न थालिन् ।
संस्थामा आश्रित छोराछोरीको भखरै जन्मेको बच्चाबच्चीदेखि ५ वर्ष मुनिका नाबालक, नाबालिकाको स्याहार सुसार गर्दै आप्mना कैयौँ वसन्त बिताइन् । अहिले जस्तो पानी, बत्ती, इन्टरनेटजस्ता आधारभूत सेवा, सुविधा केही थिएन । एउटा टुकीको भरमा बत्ती बालेर रात काट््नु पर्ने, लुगा धुन खोला जानुपर्नेजस्ता बाध्यता रहेको पूर्वआमा गुरुङ विगत सम्झिन्छिन्् ।
‘मेरो त जिन्दगीको आधाभन्दा बढी उमेर बालग्राम नेपाल सानोठिमी, भक्तपुरलाई अझै पनि आफूलाई घरको रूपमा जीवन बिताइएकाले बालग्राम नेपालको धेरै माया लाग्छ र अहिले आएर मेरो जीवनको सफलता नै आफूले हुर्काएका, स्याहारसुसार गरेका ती छोराछोरीहरूको सफलता नै मेरो सफलता हो, सेवा नैँ जीवनको सार हो,’ चालिसौं वर्ष बिताएको अनुभव सुनाउँदै पूर्वआमा गुरुङ भन्छिन् ।
आँखाभरि आँसु झार्दै हुर्काएका तिनै छोरा डाक्टर बनेर आफूलाई उपचार गर्दा आफूलाई हर्षले आँसु झरेको, खुसी लागेको, अहिले आफूलाई धेरै माया, हेरविचार, स्याहारसुसार तिनै छोराछोरीले गर्दा आफूलाई खुसी लागेको, साथै आमाको कर्तव्य निभाउन सजिलो छैन । बालग्राम नेपाल (एसओएस) मा आमाहरूको महत्वपूर्ण भूमिका र कार्य अति प्रशंसानीय छ । अहिले आफूले हुर्काएका छोरा–छोरीहरूले नैँ मलाई हेरबिचार गरेको पाउँदा ज्यादै खुसी र आफूलाई भाग्यमानी ठान्छिन् अहिले आएर पूर्वआमा शारदा गुरुङले ।
अझै भन्छिन्, ‘एसओएस (बालग्राम नेपाल) मा कार्यरत आमाहरूको सबैभन्दा ठूलो पुरस्कार नै आफूले हुर्काएका तिनै छोराछोरी नैँ बुढेसकालमा लठ्ठीजस्तै सहारा बन्दा त्यो भन्दा ठूलो पुरस्कार अरु के हुन् सक्छ ?’
बालबालिकाका लागि खान, लाउनका लागि पोसाक (लुगा) को साथसाथै प्रत्येक आमाबुबाले आफ्नो सन्तानलाई नैतिक शिक्षाको साथमा औपचारिक शिक्षातर्फ ध्यान तथा भूमिका निभाउनु पर्दछ ।
अनि अनुशासन पहिलो प्राथमिकतामा राख्ने स्वभाव भएका आमाहरूले सबै छोराछोरीलाई पनि अनुशाशित भएर आफ्नो सन्तानलाई हुर्काउने, बढाउने गरेको खण्डमा समुन्नत राष्ट्र, सम्पन्न समाज निर्माण हुन धेरै समय लाग्दैन ।
यसरी सबल, सक्षम छोराछोरीहरूलाई क्षमतामा विकास गर्न, गराउन एसओएस (बालग्राम नेपाल) का पूर्व तथा वर्तमान राष्ट्रिय निर्देशकहरू, बालग्राम पूर्व निर्देशक तथा वर्तमान निर्देशकहरू, विद्यालयका प्राचार्यहरू, शिक्षक, शिक्षिकाहरू, पूर्व तथा वर्तमान आमाहरू, दाताहरूको भूमिका उपलब्धिमूलक भएकाले नेपालमा बालबालिकाको क्षेत्रमा लालनपालन, हेरचाह, स्याहारसुसार, शिक्षा, दीक्षाजस्ता कार्य दिलाउनेमा एसओएस (बालग्राम नेपाल) योगदान उत्कृष्ट छ, नमुना योग्य छ भन्नू पर्दा फरक नपर्ला कि !
४० वर्षसम्मको सेवाकालमा आफूले हजारौँ छोराछोरी हुर्काएकोमा गर्व महसुस गर्दै गुरुङले आज पनि तिनै छोराछोरीको सम्झनामा दिन बिताउने गरेकी छन् ।
यस महान् कार्यका लागि बालग्राम नेपालका सरोकारवाला सबैमा कृतज्ञता व्यक्त गर्दै र यहाँहरूको आगामी यात्राका लागि शुभकामना व्यक्त गर्दै गुरुङले आफूले बिताएको चारदशक अर्थात ४० वर्ष, संस्थामा रही आश्रित छोराछोरीहरूको हेरचाह, स्याहारसुसार र सेवा गर्ने अवसरमा पाएकोमा अनुग्र्रहित बनेकी गुरुङले अहिले रिटायर लाइफ बिताउँदै ७५ वर्षको उमेरमा तिनै छोराछोरीहरूसँग भिडियो कल गर्ने, पूजापाठ, धार्मिक ग्रन्थहरू पढ्ने, टेलिभिजन, इन्टरनेट हेर्ने, आफन्तसँग भेटघाट गर्नेजस्ता कार्य गरि मेरो दिनचर्या बिताइरहेको बताउँछिन्् ।