वीरगञ्ज– कोरोना महामारीका कारण ब्लड बैंक वीरगञ्ज शाखामा रगत अभाव भएपछि नेपालका पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पुर्व सभापति स्व. गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्म जयन्तिको अवसरमा सोमबार रक्तदान कार्यक्रमको आयोजना गरियो
रक्त दान जीवन दान भन्ने उद्देश्यले गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले स्व. गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्मोत्सवको अवसरमा आक्समिक रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रममा एक महिला सहित ६० जनाले रक्तदान गरेका थिए ।
कोरोना महामारीका कारण ब्लड बैंक वीरगञ्ज शाखामा रगत अभाव भएकोले जन्मोत्सवको अवसर पारेर अकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको फाउण्डेशन पर्साका सह–सचिव मिन्टु देवि सिंहले बताईन् ।
यसरी अक्समिक रूपले रक्तदान कार्यक्रम गरिए पनि दाताले स्वतफूर्त रूपमा रक्तदान गरेको उनले बताईन् । एक्कासी कार्यक्रम गरिएको र अलि समय लिएर कार्यक्रम गर्न पाएको भए अरु धेरै रगत जम्मा गर्न सकिने उनको भनाई थियो ।
गिरिजा प्रसाद कोईराला फाउण्डेशनले आयोजना गरेको रक्तदान कार्यक्रमको प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाकी उप–प्रमुख शान्ति कार्कीले श्रीमती नजमा बेगमलाई ब्लड पाउच दिएर कार्यक्रमको उद्घाटन गरेकी थिईन् ।
रक्तदान कार्यक्रमको अध्यक्षता फाउण्डेसन का अध्यक्ष महम्द सहाबुदिनले गरेका थिए भने अतिथिहरूमा नेपाली कांग्रेस पर्साका उपसभापति दिना प्रसाद गुप्ता, प्रकास उपाध्याय वीरगञ्ज महानगरपालिका–६ का वडाध्यक्ष ध्रुव नेपाल, श्याम कुमार पोख्रेल, नरेन्द्र साह, विजय पौडेलको आतिथ्यमा फाउण्डेशनका सन्तोष सिहं, दिलिपराज कार्की, जितेन्द्र सिहं, मेहबुब अली (शेरु) हाजी शोहेल अख्तर अंसारी, हुकुम सिहं, शेख नेजामुदिन , भैयाराम पटेल, पुरुषोतम दुवे, सदिप कुमार केवट, सुरेश श्रीवास्तव, मोहन पटेल, मोहम्मद सलाउदिन, समिर खान, सहजाद हवारी, साहलि मंसुरी, वहाब अंसारी लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो भन्ने कार्यक्रमको सहजीकरण नेपाल प्रेस युनियन पर्साका सचिव लालकिशोर सिंहले गरेका थिए ।