काठमाडौं– लिम्बु समुदायको विवाह तथा पालाम संस्कृतिमा आधारित लघुचलचित्र ‘खेदा’ अर्थात ‘कथा’ सार्वजनिक भएको छ ।
भूतपूर्व लाहुरेकी पत्नीले श्रीमानको मरणोपरान्त निवृतिभरण (पेन्सन) थाप्न जाँदा आङ्खनो नाती उमेर पुगेकोले बुहारी ल्याएन भन्ने चिन्ता गरेको कुराबाट लघुचलचित्र अगाडि बढेको छ ।
विवाह संस्कृतिलाई नजिकबाट बुझाउन खोजिएको लघुचलचित्रमा लिम्बु जातिको धान नाच प्रस्तुत गरिएको छ । धान नाचबाटै मनपराइएको युवायुवतीबीच विवाहको लागि लाने÷जाने संस्कृति पनि यस चलचित्रमा देखिएको छ ।
बोजु पेन्सन थापेर आउँदा बुहारी ल्याइदिएको कथा यस चलचित्रमा छ । पालामलाई प्राथमिकतामा राखिएको चलचित्रमा मनु नेम्वाङ र सुमन लिम्बुले गाएका छन् ।
रचना नेम खापुङ लिम्बु, लय संकलन सुमन लिम्बु, संगीत संयोजन अशोक लोहोरुङ राईको रहेको छ । मनु र सुमनलाई भीम सेनेहाङ लिम्बु, रुकमान लिम्बु, निरन्ता नेम्वाङ, दीपा सुहाङ, दिवस पयांगु लिम्बु, रोजिना थेगिम लिम्बुले पाःलाम खाप्न सघाएका छन् ।
भिडियोको लागि पटकथा सम्वाद देवेन्द्र खापुङ सुर्केली, सबटाइटल डि.बि. आङबुङ लिम्बुले गरेका हुन् । ड्रेस डिजाइन तेह्रथुमे बुटिक, सेमिमा कलेक्सन मांगेन्ना ढाका पसलले गरेका छन् ।
चलचित्रमा रुकमान लिम्बु र सबनम साबा लिम्बु गरेका छन् भने यासेली योङ्हाङ लिम्बु, मनु थक्लुङ लिम्बु, नैनाकला आङदेम्बे नाम्लिङ अख्राबो लिम्बु, निर्मला तावा, नितुरानी नेम्बाङ, बत्तिमाया चोङ्बाङ, बुद्धमति लिम्बु, कृष्णमाया लिम्बु, दिपा सुहाङ, भीम सेनिहाङ लिम्बु, दिपा सुहाङ, जेपी नेम्बाङ लिम्बु, भिमसागर मादेम्बा लिम्बु, उदय बेघा लिम्बु, रेश्मा लिम्बु, सुमन लिम्बु, मनु नेम्बाङ, इन्दिरा हुक्पा चोङ्बाङ लिम्बु, मनकुमार वनेमलगायतले अभिनय गरेका छ ।
याक्थुङ केलाङ समूह र फेदाप केलाङ समूहको च्याब्रुङ नृत्य रहेको चलचित्रमा बुद्ध थापाको छायांकन बिनोद लामा ब्यग्राउन्ड म्युजिक विकास दाहालको सम्पादन कथा निर्देशन लोकेन सावाको निर्देशन रहेको छ । रुबुसा क्रिएटिभ वर्कले लघुचलचित्र ’खेदा’ (कथा) लाइ सार्वजनिक गरेको छ ।