नेपालगञ्ज/नेपाल विद्युत प्राधिकरण कोहलपुरले बढ्दो विद्युत आपूर्ति समस्यालाई दृष्टिगत गर्दै सुधारका लागि थप जनशक्ति परिचालित गरेको छ ।
साँझपख खपत लोड बढ्दो हुने र आपूर्तिमा थप समस्या आउने भएको देखिएकोले इमर्जेन्सी मोबाइल टिमको गठन गर्दै सुधारको लागि थप जनशक्ति लाई स्ट्यान्डबाइ बस्न निर्देशन समेत दिएको छ ।
ग्राहकहरुमा देखिएको विश्वकप फुटबल प्रतियोगिता प्रतिको मोहलाई समेत ध्यान राख्दै अधिकतम् सेवा प्रवाहको लागि पनि प्राधिकरण गम्भीरतापुर्वक लागि परेको जनाइएको छ । त्यसरी गठित इमर्जेन्सी मोबाइल टिममा सुपरभाइजर सहित ६ जना प्राविधिकहरुको २ वटा टिम तयार गरिएको वितरण केन्द्र प्रमुख जगन्नाथ लामिछानेले बताए ।
वितरण केन्द्र प्रमुख लामिछानेल भने-कर्मचारीहरु स्ट्यान्ड बाइ रहनु हुन्छ र समस्या आउने बित्तिकै समाधानका लागि तत्काल सेवा प्रवाह गराउन पहल गर्नुहुनेछ । त्यसका लागि सुचनानै टाँस गरि सम्बद्ध खटिएका जनशक्तिको मोबाइल नम्बरपनि उपलब्ध गराइएकोछ ।
हावाहुरी र वर्षाको बेला तुलनात्मकरुपमा विद्युत आपूर्तिमा बढी समस्या आउन थालेपछी सुधारको लागि थालिएको उक्त प्रयासलाई नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ (आधिकारिक ट्रेड युनियन) म.प. क्षेत्रीय समिति अध्यक्ष दुर्गाप्रसाद जैसीले स्वागत गर्दै राम्रो व्यवस्थापनको अभ्यास भएको बताएकाछन् ।