बाँके/बाँकेको नरैनापुर गाउँपालिकाको वडानम्वर ५ मटेहियाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
सुनुवाईको अन्तमा बिभिन्न प्रतिबद्धता व्यक्त गरिएकोछ । व्यक्त गरिएका प्रतिबद्धताहरुमा वडाका सबै घरधुरीहरुमा सोलार जडान गर्ने, महिला स्वयंसेविकाहरुलाई प्रोत्साहन रकम बृद्धि गर्न माग गर्ने, स्वास्थ्य चौकीमा औषधी अभाव हुन नदिने, वडामा सञ्चालित योजना सार्वजनिक सेवा प्रभावकारी बनाउने रहेका छन् । वडाध्यक्ष कृष्णचन्द्र मौर्य, स्वास्थ्य चौकीका ईञ्चार्ज प्रेम बुढा लगाएतले हस्ताक्षर गरेका छन् ।
यसैगरी वडानम्बर ६ गँगापुरको सार्वजनिक सुनुवाई सम्पन्न भएकोछ । सुनुवाईको अन्तमा बघौडा उज्यालो कार्यक्रम अन्र्तगत सोलार बितरण हुन बाँकी भएकाहरुलाई सोलार बितरण गर्ने, वडा स्तरबाटै लक्षित बर्ग उत्थान कार्यक्रम सञ्चालनका लागि गाउँपालिकासँग माग गर्ने, र सेवा, सुबिधा प्रभावकारी बनाउने लगाएत छन् । कार्यक्रममा स्थानीयहरुको प्रश्नहरुको उत्तर वडाध्यक्ष बिरेन्द्रपाल सिंह, वडा सचिव प्रेम प्रसाद उपाध्याय, स्वास्थ्यचौकीका ईञ्चार्ज नबिन बुढाले दिएका थिए । सुनुवाईको सहजिकरण अध्यक्ष मन भण्डारीले गरेका थिए ।