मुम्बई– चार दशकपछि परेश रावल गुजराती चलचित्रमा फर्किएका छन् । बलिउड कलाकार परेश रावल लामो समयको अन्तरालपछि गुजराती चलचित्रमा फर्किने भएका हुन् ।
उनले हालै आफू चार दशकपछि गुजराती चलचित्रमा फर्किन लागेको जानकारी दिएका छन् । दिग्गज अभिनेता परेशले आफूले पहिले खेलिसकेको नाटकको बन्न लागेको चलचित्रमा देखिन लागेका जनाएका छन् । उनले ट्विटरमार्फत यसबारे जानकारी गराएका हुन् । परेश लेख्छन्, ‘निकै उत्साहित छु, करिब ४० वर्षपछि म गुजराती चलचित्रमा काम गर्दै छु, यो मेरो नाटक ‘डियर फादर’ मा आधारित रहनेछ । जुन निकै सफल बनेको थियो । मसँग यो यात्रामा रतन जेन जी (भेनस फिल्मस्) जोडिनु भएको छ । तपाईहरूको माया र आशिवौदको खाँचो छ ।’
‘डियर फादर’ एक परिवारका तीन सदस्यहरूबीचको हास्य पारिवारिक नाटक हो । यसको नाटकमा परेशका साथै चेतन धनानी र मृणामय गोडबोले अभिनय गरेका थिए ।