नेपालगञ्ज/आईएनएफद्धारा राप्तीपारीको नरैनापुरमा सञ्चालित दुई वटा कार्यक्रमहरुको सामाजिक परीक्षण सम्पन्न भएकोछ ।
बासको सहजिकरणमा सामाजिक परीक्षण सम्पन्न भएको हो ।
आईएनएफद्धारा राप्तीपारीको नरैनापुरमा सञ्चालित दुई वटा कार्यक्रम सामुदायिक स्वास्थ्य तथा बिकास कार्यक्रम र समुदायमा आधारित पुर्नस्र्थापना कार्यक्रमको प्रगति बारे व्यापक समिक्षा गरिएको कार्यक्रममा सामुदायिक स्वास्थ्य तथा बिकास कार्यक्रम नरैनापुरकी टिम लिडर जानकी भण्डारी र समुदायमा आधारित पुर्नस्र्थापना कार्यक्रमकी सुपरभाईजर कान्ति शर्माले परियोजना अन्र्तगत भएका गतिविधिहरुबारे जानकारी गराएका थिए ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा आईएनएफ बाँकेका प्रमुख अभिषेक बि.क.ले स्थानीयहरुले उठाएका जिज्ञाशाहरुको उत्तर दिएका थिए । कार्यक्रमको अन्तमा स्थानीय स्तरमा गठित समूहका दिगो बिकास गर्ने, नयाँ दर्ता भएका सहकारीहरुको संस्थागत बिकास गर्ने लगाएत प्रतिबद्धता व्यक्त गरिएकोछ ।
कार्यक्रममा सामुदायिक स्वास्थ्य तथा बिकास कार्यक्रम मटेहियाकी टिम लिडर लालसरि थापा, वडा सदस्य नियामुल बेगम, जनकल्याण सहकारी सँस्था लिमिटेड नरैनापुरका ठगहिराम थारु लगाएतले बोलेका थिए ।