नयाँदिल्ली – भारतीय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । घरेलु टिमसँगको सिरिजका लागि इंग्ल्यान्डमा रहेका पन्तलाई कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना देखिएपछि पन्त आठ दिनबाट सेल्फ आईसोलेसनमा रहेको बताईएको छ । पन्त युरोकपको फाइनल हेर्न वेम्बली रंगशाला पुगेका थिए । इंग्ल्यान्डसँगको अभ्यास खेल अघि उनलाई कोरोना देखिएको हो । कोरोना देखिएपछि उनले इंग्ल्यान्डसँगको अभ्यास खेल गुमाउने भएका छन् । इंग्ल्यान्ड र भारतबीचको अभ्यास खेल जुलाई २० बाट सुरु हुनेछ । भारतले इंग्ल्यान्डसँग पाँच खेलको टेस्ट सिरिज खेल्नेछ । दुई टिमबीचको पहिलो टेस्ट अगस्ट ४ मा सुरु हुनेछ । – एजेन्सी