काठमाडौं – कलाकारहरू चर्चामा आउनु विभिन्न प्रकारका अभिव्यक्तिहरू दिने गरेका छन् । उनीहरूको अभिव्यक्तिले बजारमा निकै चर्चा पाउने गरेको छ । यसैक्रममा अभिनेत्री नम्रता सापकोटाले पछिल्लो पटक एक टेलिभिजन अन्तर्वार्तामा दिएको अभिव्यक्तिको बजारमा निकै चर्चा भइरहेको छ । अन्तर्वार्ताका क्रममा नम्रताले आफूलाई बिहे नगरीकनै बच्चा जन्माउने चाहना रहेको बताएकी थिइन् ।
अबको तीन–चार वर्षमा विवाह नगरी बच्चा जन्माउने अभिनेत्री नम्रताको योजना छ । अन्तर्वार्तामा उनले भनेकी छन्, ‘मलाई बिहेभन्दा पनि बच्चा जन्माउन चाहिँ एकदमै मन लागेको छ । भोली समयले के मोड लिन्छ भन्न सक्दिनँ तर म बच्चा चाहिँ अवश्य पनि जन्माउँछु ।’
अहिले सिंगल मदरले पनि आङ्खनो बच्चालाई नागरिकता दिन पाउने कुरा कानुनमै उल्लेख भएकाले आङ्खनो पनि योजना रहेको उनको भनाइ छ । सबै मिलेर समाजलाई परिवर्तन गर्दै लैजानु पर्ने बताउँदै नम्रता अगाडि भन्छिन्, ‘म अहिले नै विवाह गर्दिनँ तर म बच्चा जन्माउन चाहिँ चाहन्छु । तीन–चार वर्षमा बिहे भएन भने म बच्चा जन्माउँछु होला । यो कुरा मेरो आमा–बुबालाई पनि थाहा छ ।’
भगवानले छोरी मान्छेलाई आमा बन्ने बरदान दिएका कारण भविष्यमा बिहे नभए पनि बच्चा जन्माउने उनको चाहना छ । अहिले बच्चा जन्माउन धेरै टेकनिक भएकोले श्रीमान–श्रीमती नै हुनु नपर्ने उनी बताउँछिन् ।
उनले आफू विवाहको विरोधी नभएको पनि बताइन् । तर, दबाबमा बिहे गर्न‘ नहुने उनको तर्क छ । आफूले सकारात्मक व्यक्ति नभेटेकाले बिहे नगरेको नम्रता बताउँछिन् । गत वर्ष फिल्म क्षेत्रमा ‘नेपोटिजम’ रहेको धारणा राखेपछि विवादमा समेत तानिएकी उनले फिल्म क्षेत्रमा ‘ग्रुपिजम’ र ‘नेपोटिजम’ दुवै रहेको बताएकी छन् । उनी भन्छिन्, ‘मैले यो विषयमा बोल्दा कतिपयले फिल्म क्षेत्रमा ‘नेपोटिजम’ छैन ‘ग्रुपिजम’ छ भन्नु भयो । तर, यसमा केही फरक छैन । नेपाली फिल्मको इतिहास त्यति लामो नभए पनि विस्तारै ‘ग्रुपिजम’ र ‘नेपोटिजम’को सुरुवात भएको छ ।’