काठमाडौं – नेपाल ट्राईयाथलन संघले जापानमा आयोजना हुने टोकियो ओलम्पिक २०२० मा सहभागि हुन जान लागेका संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठलाई अनलाईन बैठक मार्फत सफलताको शुभकामनासहित बिदाई गरेको छ ।
अध्यक्षलाई बिदाई गर्दै संघका महासचिव युवराज सुनुवारसहित संघका कोषाध्यक्ष, सदस्य, प्रशिक्षक, निर्णायकहरूले टोकियो ओलम्पिकमा सहभागी हुने सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अन्य पदाधिकारी तथा सदस्यहरूलाई सफलताको शुभकामना प्रदान गर्दै अध्यक्ष श्रेष्ठलाई त्यहा“ रह“दा नेपालमा ट्राईयाथलन खेलको विकास र विस्तारका लागि अझ बढि कार्यक्रमहरू ल्याउन पहल गर्न र त्यसको सफलताको लागि शुभकामना ब्यक्त गरेको हो ।
बैठकमा बोल्दै संघका अध्यक्ष श्रेष्ठले टोकियो ओलम्पिकका क्रममा ट्राईयाथलनले सन् २०२८ मा आयोजना हुने ओलम्पिकका लागि लक्ष राख्दै विभिन्न योजनाहरूको लागि पहल र प्रयास गर्ने बताए ।
उनले ट्राईयाथलन संघ एक विवादरहित संघ रहेको र यसको विकासमा यसस“ग सम्वन्धित सवै एकै परिवार भएर अगाडी बढेका कारणनै संघ मजुबत भएको र निकै छोटो समयमै प्राविधिक दक्ष जनशक्ति तयार गर्नुका साथै दक्षिण एशियाली खेलकुदमा स्वर्ण हात पार्न सफल भएको र एशियन कप जस्तो ठुलो प्रतियोगिता गर्न सक्षम भएको बताए । उनले नेपाली प्राविधिकहरूको उच्च मनोवल र कार्य गर्ने शैली प्रति अन्तराष्ट्रिय संस्थाहरू प्नि प्रभावित भएको भन्दै बिदेशमा पनि नेपाली प्राविधिकहरूको चर्चा रहेको बताए । अध्यक्ष श्रेष्ठ सोमबार जापान तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।