रूपन्देही – लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा भीम ओली नियुक्त भएका छन् ।
तत्कालिन मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रहेका ओलीलाई प्रदेश सरकारले नयाँ संरचना अनुसार बनेको प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त गरेको हो ।
नेपाल खेलकुद महासंघको केन्द्रिय उपाध्यक्ष समेत रहेका ओली प्रदेशको खेलकुदमा सक्रिय मानिन्छन् । ओली नेपाल भलिबल संघको केन्द्रिय सचिव समेत हुन् ।
लुम्बिनी प्रदेश सरकारले आईतबारबाट लागु हुने गरि ओलीलाई सदस्य सचिव नियुक्त गरेको हो ।
सदस्य सचिवमा नियुक्त भएलगत्तै ओलीले इमान्दारीपूर्वक सबैसंग सहकार्य गर्दै परिणाममुखी काम गरेकाले नयाँ जिम्मेवारी आफुले प्राप्त गरेको बताए । उनले सबै सरोकालवाला निकायसंग सहकार्य र समन्वय गर्दै प्रदेश खेलकुदको कार्यकारिणी भुमिका निभाउने बताए । लुम्बिनी प्रदेश अन्तर्गत १२ जिल्ला रहेका छन् । राज्यको नयाँ संरचना अनुसार प्रदेश खेलकुदका लागि बेग्लै ऐन र संरचनाको परिकल्पना संविधानले गरेको छ ।