बैजनाथ/बैजनाथ गाउँपालिका वडा नं. ७ र ८ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
बैजनाथ गाउँपालिका वडा नं. ७ को आयोजनामा पेडारीमा सम्पन्न वडा कार्यालयले प्रवाहगर्ने सेवा र सुविधाको प्रावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रममा ४ बुंदे सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ ।
सुनुवाईका सरोकारवाला र सहभागिहरुको दोहोरो सम्बाद पश्चात गरिएको प्रतिबद्धताहरुमा वडा नं. ७ मा पर्ने बुढिनालामा पक्की पुल निर्माणका लागि विभिन्न निकायमा आवश्यक पहल गर्ने, वडा कार्यालयले प्रवाह गर्ने काम कार्वाहीलाई चुस्त दुरुस्त बनाउन वडामा सुचना पाटी राख्ने, वडाको पर्खाल निर्माण, पार्किङ्ग निर्माण र प्रतिक्षालय निर्माणका लागि गाउँपालिकासँग अनुरोध गर्ने र वडाका बस्ति, बाटो र पुल निर्माणका योजनालाई प्राथमिकताका साथ अगाडी बढाउने प्रतिबद्धता गरिएको छ ।
यसरी गरिएका प्रतिबद्धताहरुमा सुनुवाइृमा सरोकारवालाको रुपमा उपस्थित वडा अध्यक्ष सिताराम थारु, सदस्यहरु कनहईलाल थारु, गोपाल थारु, कौसिला उपाध्याय, सरस्वती चमार, वडा सचिब भिम बहादुर ज्ञवालीले हस्ताक्षर गरेका छन् । बासका अध्यक्ष मन भण्डारीले सहजिरण गरेको सुनुवाईमा स्वागत बासका केन्द्रीय सदस्य धु्रबजंङ्ग शाहले गरेका थिए ।
यसैगरी बैजनाथ गाउँपालिकाका वडा नं. ८ टिटिहिरियाको आयोजना तथा बास नेपालगन्जको सहजिकरणमा टिटिहिरियामा सम्पन्न सुनुवाईमा ५ बुँदे प्रतिबद्धता गरिएको छ । यसरी गरिएका प्रतिबद्धताहरुमा वडा नं. ८ को हसनापुरमा सञ्चालन हुनुपर्ने डिप बोरिङ्ग सञ्चालनका लागि आवश्यक समन्वय गर्ने, वडा मार्फत कृषकहरुका लागि प्रत्यक्ष लाभ हुने कार्यक्रमहरु संचालन गर्ने, वडा कार्यालयबाट प्रवाह हुने सेवा सुविधाबारे नागरिकको जानकारीकालागि सूचना प्रवाहलाई चुस्त दुरुस्त गर्ने, स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन वडाबाट आवश्यक पहल गर्ने र लक्षित बर्ग क्षमता अभिबृद्धी र सिपमुलक कार्यक्रम संचालनका लागि गाउँपालिकाबाट कार्यक्रम माग गर्ने प्रतिबद्धता गरिएको छ ।
झण्डै अढाई घण्टा सम्मचलेको सुनुवाईमा सहभागिहरुले राखेका प्रश्नतथा जिज्ञासाहरुको जवाफ वडा अध्यक्ष भगनथारु, सदस्यहरु शुक्रबहादुर रावत, धिरेन्द्र सिह ठकुरी, कृष्ण सुनार, वडा सचिब निमबहादुर थापा, स्वास्थ्य चौकी ईन्चार्ज चन्द्र बहादुर खड्का लगायतले दिएका थिए ।