नेपालगन्ज/कचहरी नाटक सम्बन्धि पाँचदिने तालिम असार २७ गते देखि नेपालगन्जमा शुरु भएको छ ।
युनिसेफ नेपालको सहयोग, नेपालगन्ज उपमहानगरपालिका र सिविस नेपालको समन्वय, बास नेपालगन्ज र न्यु सिपिसी तुल्सीपुर दाङ्गको संयुक्त आयोजनामा सो तालिम शुरु भएको हो ।
नेपालगन्ज उपमहानगरपालिका र तुल्सीपुर उपमहानगरपालिकामा क्रियाशिल बाल क्लब संजालका पदाधिकारीहरुको सहभागिता रहेको सो तालिमको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले गरेकी थिईन् ।
तालिमको उद्घाटन सत्रमा बोल्दै उपप्रमुख थापा मगरले कचहरी नाटक, सडक नाटक जस्ता जन चेतना अभिबृद्धी गर्ने कार्यक्रमहरुलाई प्रभावकारी ढंगले संचालन गर्न बालक्लबका पदाधिकारीहरुलाई तालिमको आवश्यकता महसुस गरि तालिम संचालन गरिएको बताईन् । उनले तालिमबाट सिकेको सिपलाई ब्यवहारमा लागु गर्न सहभागिहरुलाई अनुरोध गरिन् । ५ दिन सम्म चल्ने तालिमले उद्धेश्य उनुरुप उपलब्धी हासिल गर्ने उनको बिश्वास थियो ।
बासका उपनिर्देशक हेमराज भट्टले संचालन गरेको कार्यक्रममा स्वागत तथा तालिमको उद्धेश्य माथि प्रकास युनिसेफ नेपाल नेपालगन्जका बाल संरक्षण अधिकृत प्रकास आचार्यले गरेका थिए । उद्घाटन कार्यक्रममा सिविस नेपालका कार्यक्रम अधिकृत भरत अधिकारीको उपस्थिती रहेको थियो । ५ दिन सम्म चल्ने तालिममा कचहरी नाटकका विभिन्न बिषयमा प्रशिक्षक गोपाल अर्यालले सहजिकरण गरिरहेका छन् । तालिममा नेपालगन्ज उपमहानगरपालिकाका १० र तुल्सीपुर उपमहानगरपालिकाका १० जना गरी २० जना बालबालिकाहरुको सहभागिता रहेको छ ।