सुनसरी– ३९औँ विपी स्मृति दिवस अवसरमा सरसफाइ तथा डस्टबिन वितरण कार्यक्रम सम्पन्न भएको छ । सुनसरी जिल्ला नेपाल तरुण दलका प्रकाश राई र अजित राई, नेपाल दलित संघ क्षेत्र नं. १, क्षेत्रीय सभापति, धरान महेन्द्र कलेज निर्वतयान इकाई सभापति सुरेन्द्र राईको विशेष पहलमा बराहक्षेत्र वडा नंं. १ नेपाल तरुण दल वडा समितिको आयोजनामा कार्यक्रमका सम्पन्न भएको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि नारायण नेपाल (वराहक्षेत्र नगर सभापति) रहेका थिए भने विशेष अतिथिमा धरान महेन्द्र कलेज नेपाल विद्यार्थी संघ इकाइका निवर्तमा सभापति सुरेन्द्र राई रहेका थिए । त्यस्तै, विशेष अतिथिहरूमा नेपाली कांग्रेस सुनसरीका सदस्य दीपेश बस्नेत, नेपाल महिला संघकी ममता तामाङ, नेपाल दलित संघका क्षेत्रीय सभापति उदय ठटाल रहेका थिए ।
कार्यक्रमको अतिथिमा नेपाल तरुण दलका जिल्ला सदस्य अजित राई, सदस्य प्रकाश राई, नेपाल समन्वय समिति विज्ञ पवित्रा राई, नेपाल शिक्षक संघ बराह क्षेत्र नगर समितिका गोकुल गुरागाईं, तरुण दल क्षेत्रीय सभापति युवराज श्रेष्ठको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कार्यक्रमबारे प्रकाश पार्दै अजित राईले बिपीको सिद्धान्त गरिबको गरिबीसँग लड्ने पार्टी हुनाले यो पार्टीले मात्र जनताको सुख र दुःखमा साथ दिने बताएका छन् । तरुणहरूले बिपीलाई बिर्सेको भन्दै पार्टीलाई विधिविधान अनुसार पार्टीमा पद्धति विकास गर्नुपर्ने बताए ।
वडा सचिव राजा तामाङद्वारा सञ्चालित कार्यक्रममा दिपेश बस्नेत, ममता तामाङ, नारायण नेपाल, नेपाल तरुण दलका वडा समितिका अध्यक्ष प्रवीण राईले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।