काठमाडौं– कोरोना भाइरसको महामारी केही कम भएसँगै हाँस्य विधाको रियालिटी शो ‘कमेडी च्याम्पियन’ प्रशारण भइरहेको छ । कमेडी च्याम्पियनको दोस्रो सिजनमा भोटिङ राउण्ड सुरु भएसँगै प्रतिपष्र्धीहरूलाई सहयोग गर्ने क्रम बढेको छ ।
केही दिन अगाडि सिक्किमका मुख्यमन्त्री पिएस गोलेले ‘कमेडी च्याम्पियन’का प्रतिस्पर्धी विक्की अग्रवाललाई भोट गर्न भन्दै उनका परिवारलाई रु.५ लाख दिएका थिए । टप ६ मा पुगिसकेका विक्की सिक्किमका बासिन्दा हुन् । उनका लागि अहिले भोटिङ गर्नका लागि सिक्किममा अभियान नै चलेको छ ।
त्यस्तै, ‘कमेडी च्याम्पियन’का अर्का प्रतिस्पर्धी भरतमणी पौडेलका लागि रु.६ लाखको पुरस्कार राशी नै घोषणा गरिएको छ । उनलाई उनको गृह जिल्ला ताप्लेजुङका सांसद योगेश भट्टराइको अग्रसरतामा पुरस्कार दिइने भएको हो ।
भरतलाई योगेशले १ लाख दिने घोषणा गरेका छन् । साथै, उनलाई ताप्लेजुङ सरोकार समाजले २ लाख, ताप्लेजुङ सरोकार केन्द्रले २ लाख, रेडियो तमोरले १ लाख गरी ६ लाख पुरस्कार दिने घोषणा गरिएको छ । तर, यो रकम भट्टराइको कमेडी च्याम्पियनको दौड सकिएपछि मात्र प्रदान गरिनेछ ।
दर्शकको भोट धेरै पाउने प्रतिस्पर्धी शोमा अगाडि बढ्ने नियमका कारण पनि उनीहरूलाई भोट गर्न ठूलै पैसा खर्च हुने गरेको छ । उसो त, भोटकै कारण शो जित्ने नियमका कारण पनि प्रतिस्पर्धीका परिवारले ठूलै रकम खर्च गर्न‘पर्ने वाध्यता छ । ‘नेपाल आइडल, कमेडी च्याम्पियन, द भ्वाइस अफ नेपाल’ लगायतका अधिकांश रियालिटी शोमा यही नियम छ ।