विराटनगर– प्रदेश–१ मा पछिल्लो २४ घन्टामा एक हजार १२७० जनामा कोरोना संक्रमण देखिएको छ । सो अवधिमा दुई हजार ४३८ जनाको पिसिआर परीक्षण गर्दा ७११ र एक हजार ७४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका क्रममा झापामा २ सय २३, मोरङमा २ सय १७, सुनसरीमा १ सय ८६, धनकुटामा ३१, पाँचथरमा २३, उदयपुरमा ८, इलाममा ६, तेह्रथुममा ३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको छ ।
यस्तै झापाको विर्तामोडमा ५६, दमकमा ३१, मेचीनगरमा ३०, कनकाईमा २७, अर्जुनधारामा २२, भद्रपुरमा १६, शिवसताक्षीमा १५, बुद्धशान्तिमा ८, गौरादहमा ७, बाह्रदशीमा ४, कमल, झापा गाउँपालिका र स्थानीय तह नखुलेकामा समान २, हल्दिबारीमा १ जनामा संक्रमण पुष्टि
भएको छ ।
त्यसैगरि मोरङको विराटनगरमा ७२, बेलबारीमा ५८, पथरीशनिश्चरेमा ३२, सुन्दरहरैंचामा १३, उर्लाबारीमा ११, बूढीगंगामा १०, रंगेलीमा ५, लेटाङमा ३, कटहरी, कानेपोखरीमा समान २, केराबारी, मिक्लाजुङ, सुनबर्षी, रतुवामाई र धनपालथानमा समान १ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
सुनसरीको धरानमा १ सय १४, इटहरीमा ५८, इनरुवामा ४, बराहक्षेत्रमा ३, रामधुनीमा २, गढी र दुहवीमा समान १ र स्थानीय तह नखुलेका ३ जनामापनि संक्रमण पुष्टि भएको छ । पहाडीक्षेत्रतर्फ धनकुटाको धनकुटा नगरपालिकामा १५, पाख्रिवास र शहिदभूमीमा समान ५, छथरमा ३, चौवीसेमा १ र स्थानीय तह नखुलेका २, पाँचथरको फिदिममा १८, फाल्गुनन्द, हिलिहाङ, याङवरक, कुम्मायक र मिक्लाजुङमा समान १, उदयपुरको त्रियुगा, उदयपुरगढी र स्थानीय तह नखुलेकामा २, बेलका र चौदण्डीगढीमा १, इलामको इलाम नगरपालिकामा ३, चुलाचुलीमा २, फाकफोकथुममा १, तेह्रथुमको आठराईमा २ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार प्रदेशमा मंगलबार २ सय २ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा पछिल्लो २४ घन्टामा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।