बाँके/राष्ट्रिय युवा परिषद अन्र्तगत रहेको जिल्ला युवा समिति बाँकेले युवाका क्षेत्रमा काम गर्ने बिभिन्न सँघ, सँस्था तथा व्यक्तिहरुलाई सम्मान प्रदान गरेकोछ । असार ३० गते समितिद्धारा नेपालगञ्जमा आयोजित एक कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हो ।
जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीबास्तवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा युवा प्रतिभा सम्मान पुरस्कार भ्रष्टाचार बिरुद्ध बिगत १७ बर्ष देखि क्रियाशिल बास नेपालगञ्जलाई प्रदान गरिएकोछ । बासलाई नबिनतम तथा सृजनशिल कार्य बिद्यामा सम्मान प्रदान गरिएको हो । पत्रकार राकेश मिश्रालाई प्रबिधि, सञ्चारका क्षेत्रबाट र साहित्य बिद्याबाट मो. असफाक जसगढलाई युवा प्रतिभा पुरस्कार प्रदान गरिएको हो ।
यसैगरी युवा उद्यमी प्रोत्साहन सम्मान नेपालगञ्ज वडानम्वर १९ की अमृता चौधरी, वडानम्बर १८ की उमा बर्मा र बैजनाथ गाउँपालिका वडानम्वर ८ स्थित टिटिहिरिया बाख्रापालन समूहलाई प्रदान गरिएकोछ । सम्मानति हुनेहरुलाई जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीबास्तव र बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार के.सी.ले सम्मानपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा जिल्ला युवा समितिका कार्यालय प्रमुख रामसुरेश यादवले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पारेका थिए ।