काठमाडौं– भारतीय र नेपाली चलचित्र क्षेत्रमा बेलाबेलामा नातावादको चर्चा चल्ने गर्छ । भारतमा नायिका कंगना रानावतले नातावाद (नेपोटिज्म)विरुद्ध अभियान नै चलाइन् । बलिवुड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या नातावाद र परिवारवादका कारण भएको चर्चा व्यापक थियो । त्यस्तै, उक्त चर्चाको मार केही बलिवुडका हस्तिका सन्तानको फिल्मले भोग्नु पनि प¥यो । आलिया भाटलगायतले यसको नराम्रो मार व्यहोरे ।
नेपालमा पनि नायिका नम्रता सापकोटाले नेपाली चलचित्र क्षेत्रमा नातावाद हाबी भएको सार्वजनिकरूपमै प्रतिक्रिया दिइन् । एक अन्तर्वार्तामा उनले नातावादका कारण राम्रो कलाकारले राम्रो चलचित्र पाउन नसकेको प्रतिक्रिया दिएकी थिइन् । त्यसले सन्तानसहित चलचित्र क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई रुष्ट बनायो । त्यसमध्ये एक थिए, भुवन केसी । भुवन र उनका छोरा अनमोललाई पनि नम्रताको टिप्पणीले दुःखी पक्कै बनायो । भुवनलाई छोरा अनमोल र चलेको अनुहारलाई मात्र भाउ दिने तर, नया“लाई मौका नदिने आरोप बेलाबेला लाग्ने गरेकै पनि छ । ‘सुपरस्टार’ भुवनले यसबारे स्पष्टीकरण दिएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा भुवनले उक्त आरोपको खण्डन गरेका छन् । उनले भने, ‘मलाई नेपोटिज्मको आरोप लगाउनेलाई म मेरो फिल्ममा ५० लाख पारिश्रमिकसहित लिन चाहन्छु । तर, मैले नाफा पनि कमाउनुप¥यो । ५० लाख दिएर मैले २० लाख कमाउनु भएन ।’
‘फिल्म मेकिङमा करोडौ“ लाग्छ । हरेक निर्माताले आफ्नो लगानी सुरक्षित हुने कलाकारलाई लिएर फिल्म बनाउन चाहन्छ । लगानी फिर्ता नहुने कलाकारलाई निर्माताले लि“दैन । जो व्यक्तिले यस्तो कुराहरू फैलाइरहेको छ, त्यो व्यक्तिमा निर्माताको लगानी फिर्ता गर्ने दम छ ?’, उनले प्रश्न सोझ्याए ।
निर्माताको लगानी फिर्ता गर्ने दम भएका कलाकार कहिल्यै कामविहीन हुनु नपर्ने उनको तर्क छ । अभिनेत्री नम्रताप्रति कटाक्ष गर्दै भुवनले भने– ‘यदि उहाँले खेलेको फिल्मले ३÷४ करोड कमाउँछ भने उहाँलाई म ५० लाख दिएर फिल्म खेलाउँछु । तर, २० लाख पनि कमाउँदैन भने कसैले लिँदैन । गुमाउनका लागि कसैले फिल्म बनाउँदैन । त्यसैले नेपोटिज्म हल्ला मात्र हो ।’