काठमाडौं– पछिल्लो २४ घन्टामा १२ हजार ६३६ मा नमूना परीक्षण गर्दा देशभर दुुई हजार ५६८ मा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा सो अवधिमा थप ७२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । प्रदेश १ मा थप ७२५ जनामा कोरोना संक्रमण, ३०९ जना संक्रमणमुक्त, १७ जनाको मृत्यु प्रदेश १ मा पछिल्लो २४ घन्टामा थप ७२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार प्रदेशमा गरिएको १ हजार ३ सय ३१ पीसीआर परीक्षणमा ४ सय १२ र १ हजार ६ जनाको एन्टिजेन परीक्षणमा ३ सय १३ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार झापामा १ सय ९३, मोरङमा १ सय १७, सुनसरीमा ७८, इलाममा ६, पाँचथरमा ५, उदयपुरमा ३, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुरमा समान १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।
झापाको दमकमा ५३, विर्तामोडमा ४२, कनकाइमा २८, अर्जुनधारामा १६, शिवसताक्षीमा १४, मेचीनगरमा १२, भद्रपुरमा १०, बुद्धशान्तिमा ९, गौरादह र कमल गाउँपालिकामा समान ३, बाह्रदशीमा २, गौरीगञ्जमा १ जनमा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा २८, उर्लाबारीमा १८, सुन्दरहरैँचामा १५, केराबारीमा १४, लेटाङमा १३, पथरीशनिश्चरेमा १२, रंगेलीमा ४, बेलबारी र कानेपोखरीमा समान ३, ग्रामथान र बूढीगंगामा समान २, मिक्लाजुङ, कटहरी र धनपालथानमा समान १ जनामा समेत संक्रमण देखिएको छ ।
त्यसैगरी, सुनसरीको इटहरीमा ५८, धरानमा ११, रामधुनीमा ६, बर्जु, बराहक्षेत्र र दुहबीमा समान १, इलामको इलाम नगरपालिका र चुलाचुलीमा समान २, रोङ र मांसेबुङमा समान १, पाँचथरको फिदिममा ४ र स्थानीय तह नखुलेका १, उदयपुरको बेलका, त्रियुगा र रौतामाईमा समान १, ताप्लेजुङमा १, संखुवासभामा १, तेह्रथुममा १, भोजपुरको अरुणमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।
त्यसैगरी २४ घन्टामा देशभर दुई हजार २० जना संक्रमणमुक्त भएका छन् भने प्रदेशमा ३ सय ९ जना संक्रमणमुक्त भएका छन् । यसरी संक्रमणमुक्त हुनेमा १ सय ६५ महिला र १ सय ४४ पुरुष छन् ।
पछिल्लो २४ घन्टामा ८ महिला र ९ पुरुष गरी १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यसरी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेमा १ हजार ६ सय २ जनाको मृत्यु भइसकेको छ । देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार ८७५ पुगेकोे छ ।
संक्रमण मुक्त हुने दर ९४.१ प्रतिशत पुगेको छ । हालसम्म कोभिड–१९ खोपको पहिलो मात्रा ४० लाख ६ हजार २८८ ले लगाएका छन् भने पूर्ण मात्रा लगाउनेको संख्या १८ लाख १३ हजार ४७१ पुगेको मन्त्रालयले जनाएको छ ।