मनाङ– वर्षात्का कारण मनाङ जिल्ला, चामे गाउँपालिका वडा नं. ४ र ५ लाई जोड्ने मस्र्याङ्दी नदीमा रहेको बेलिसब्रिज बाढीको बगाएपछि सेनाले काठे पुल गोरेटो बाटो निर्माण गरेको छ ।
झोलुङे पुलसमेत मस्र्याङ्दी नदीले बगाई, मनाङ ङिस्याङ गा.पा. र चामे गा.पा.बीच आवत्जावत पूर्ण रूपमा बन्द भएपछि नेपाली सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको सहकार्यमा ठाडो खोलामा काठको पुल निर्माण गरी आवत्जावत सूचारु गराएको छ । साथै, काठे पुल वरपर पैदल आवत्जावत गर्नको लागि नेपाली सेनाद्वारा गोरेटो बाटोसमेत निर्माण गरेको छ ।
यसैगरी भारी वर्षात्कै कारण चामे गाउँपालिका वडा नं.४ स्थित स्याल्कु खोलामा रहेको मोटोरेबल काठे पुल बगाई सवारीसाधन आवागमन अवरुद्ध भएपश्चात नेपाली सेनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयसँगको सहकार्यमा शुक्रबार सो खोलामा मोटोरेवल काठे पुल निर्माण गरेको हो । उक्त पुल निर्माणपश्चात जिल्ला सदरमुकाम, चामेबाट पूर्वतर्फ तिमाङसम्म र पश्चिमतर्फ तलेखुसम्म हलुका सवारीसाधन आवत्जावत गर्न सहज भएको छ ।
त्यस्तै सोमबार काठमाडौंबाट बुर्तिबाङतर्फ जाँदै गरेको २४ जना यात्रु सवार बा ५ ख १५५३ नम्बरको बस बाग्लुङ जिल्ला गलकोट न.पा. वडा नं. १ चौराहानजिक दुर्घटना हुँदा नेपाली सेनाको घोडाबाँधेस्थित श्री श्रीमेहर गणबाट खटिएको उद्धार तथा मेडिकल टिमले सख्त घाइते ६ जनालाई थप उपचारका लागि धौलागिरी अञ्चल अस्पताल, बाग्लुङमा पठाएको र बाँकी घाइतेहरूलाई प्राथमिक उपचार गरी स्थानीय निकाय तथा प्रहरीको सहयोगमा गन्तब्य स्थल तर्फ पठाएको थियो ।