काठमाडौं– अभिनेत्री पूजा शर्माले र अभिनेता आकाश श्रेष्ठसँगको सम्बन्ध आफूहरूको फ्यानका कारण अहिलेसम्म टिकेको बताएकी छन् । आफ्ना समर्थकहरूको चाहनामा आफूहरूको सम्बन्ध तीनवर्षसम्म टिकेको उनको दाबी छ ।
काठमाडौंमा पूजा र आकाशका फ्यानहरूले मिलेर ‘धर्ती आकाश’ बोलको गीतको सफलताको ‘सेलिव्रेशन’ कार्यक्रम आयोजना गरेका थिए । संगीतकार तथा गीतकार अर्ज‘न पोखरेल, गायिका दुर्गा खरेल, भिडियो निर्देशक विधान कार्कीको साथमा भिडियोका मुख्य कलाकार पूजा शर्मा र आकाश श्रेष्ठ कार्यक्रममा उपस्थित थिए ।
उक्त कार्यक्रममा पूजाले भनिन्, ‘म फ्यानहरूलाई अल्झाएर राख्न चाहन्नँ । आकाश र मेरो सम्बन्ध फ्यानकै कारण तीन वर्ष टिकेको थियो । फ्यानको मन रुनु भनेको मलाई नराम्रो हुनु हो । हामीलाई घर परिवारले बरु यति धेरै माया दिँदैन होला, जुन माया फ्यानहरूले दिएका छन् ।’ पूजाले आकाश र आफू राम्रो साथी भएको दोहो¥याइन् । उनले, भविष्यमा के हुन्छ भनेर भन्न नसकिने भन्दै सामाजिक सञ्जालबाट दबाब नदिन पनि आग्रह गरिन् ।
अभिनेता आकाशले पूजा र आफूले सल्लाहमै काम गरेको बताएका छन् । फ्यानकै कारण आफूहरू एक ठाउँमा आएको भन्दै पूजा र आकाशले एक हुनैपर्छ भनेर दबाब नदिन आकाशको पनि आग्रह थियो । पूजाले, आफूहरू साथी भएको भन्दै फ्यानको मन नदुखाउने पनि बताइन् ।
‘रामकहानी’ चलचित्रमा एकसाथ काम गरेपछि नजिक भएका पूजा र आकाश पछिल्लो समय व्यवसायिक सम्बन्धमा सीमित छन् । उसो त, आकाश र पूजाको सम्बन्धमा यसअघि पनि मनमुटाव नआएको होइन । बारम्बार उनीहरूबीच सम्बन्धमा फाटो आयो र फेरि जोडिँदै पनि गयो । तर, निषेधाज्ञापछि भने पूजा र आकाश व्यवसायिक सम्बन्धमा मात्र सीमित हुन पुगे । उनीहरूबीचको लामो मित्रतामा फाटो आइसकेको छ ।