नेपालगञ्ज/सामाजिक सद्भाव प्रबद्र्धन तथा अभिबृद्धिका लागि नेपालगञ्जमा सामाजिक सद्भाव मूल समिति गठन भएकोछ ।
बास नेपालगञ्जको पहलमा नेपालगञ्जका बिभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थितीमा साउन ४ गते मूल समिति गठन भएको हो । नेपालगञ्ज उद्योगा बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको संयोजकत्वमा मूल समिति गठन भएको हो ।
समितिको सहसंयोजकमा मुस्लिम समुदायका मो. फरिदुल हक, सदस्य सचिवमा ईसाई समाजका रमेश रेग्मी, सहसचिवमा बौद्ध धर्मका रण प्रसाद राना र कोषाध्यक्षमा सिख समुदायका अमरजित सिंहसर्बसम्मत चयन भएका छन् । सदस्यहरुमा सामाजिक अगुवा मैमुना सिद्धिकी, पत्रकार शाकिल कादरी, व्यवसायी तारा रोकाय, नेपाल भारत मैत्री सँघका अजय टण्डन, बैश्य समाजकी रमारानी बैश्य, शैलेन्द्र बैश्य, अधिकारकर्मी बिश्वजित तिवारी, व्यवसायी रमेश शाह, अवनिश अग्रवाल र धमबोझी मा.बि.की प्राचार्य किरण आचार्य निर्बिरोध चयन भएका छन् ।
नेपालगञ्जलाई सामाजिक सद्भावको शहरको रुपमा चिनाउन समितिले काम गर्ने समितिका अध्यक्ष नन्दलाल बैश्यले बताए । कार्यक्रममा बोल्दै नेपाल उद्योगा बाणिज्य महासँघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले नेपालगञ्जको बिबिधतालाई एकताको शुत्रमा बाँध्न समिति अपरिहार्य भएको बताए ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा ४० बढिको उपस्थिती रहेको थियो । समिति गठन पश्चात आजै बसेको समितिको बैठकले ११ सदस्सिय सल्लाहकार समिति गठन गरेकोछ । जसमा नेपाल उद्योग बाणिज्य महासँघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, बरिष्ठ कलाकार श्यामानन्द सिंह, समाजसेवी शेम शाक्य, उद्योगी, व्यवसायी अच्युत प्रसाईं, बरिष्ठ पत्रकार पूर्णलाल चुके, महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख गणेश रेग्मी, ऊँ शान्तिकी क्षेत्रिय प्रमुख दुर्गा पौडे, मानव धर्म सेवा समितिका नन्दनि वाईजि, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्सेर राणा, अधिबक्ता लोक बहादुर शाह र गोपि बर्नवाल रहेका छन् ।
बैठकले यस अघि युएनडिपिको सहकार्यमा बासले गठन गरेका सामाजिक सद्भाव समिति मनिकापुर, सदरलाईन, सामाजिक सद्भाव युवा समिति, महिला समिति, शिक्षक समितिका संयोजक र बासका प्रमुखलाई आमन्त्रित सदस्यको रुपमा मनोनित गरेकोछ । मूल समितिको सचिवालय नेपालगञ्ज उद्योग बाणिज्य सँघमा राख्ने निर्णय समेत गरिएको संयोजक बैश्यले बताए । उनका अनुसार समितिले साउन ९ गते बृहद अन्र्तक्रिया कार्यक्रम गर्ने भएकोछ ।