काठमाडौं– गायक राजेशपायल राई र गायिका सुनिता थेगिमको ‘माया हजुर २’ गीत सार्वजनिक भएको छ । ‘चौबन्दी चोलीले’, ‘गुडी जाने रेल’, ‘दिक्तेल बजार’, ‘झुम्के माया’, ‘माया हजुर’, ‘सोल्टिनी ज्यु’, ‘चरी भए भुरुरु जान्थेँ उडेर’, ‘दिक्तेल बजार–२’, ‘माथि है पर्यो ’, ‘माली गाईको दही मिठो’, ‘नौ लाई सुन्ना नब्बे’लगायतका गीतहरूमा आफ्नो संगीत भरिसकेका पछिल्लो समयमा पूर्वेली लोक संगीतका बादशाह डिआर अटुको संगीत एवं राजु कार्कीको एरेन्ज रहेको यस गीतमा पूर्वेली कला र संस्कृतिबारे वर्णन गरिएको छ ।
गीतमा राजेशपायल र सुनिताको अभिनय रहेको छ । डा.सुमाया राईको शब्द रहेको यो गीतमा डिआर अटुको संगीत रहेको छ । राजु कार्कीले एरेन्ज गरेको यस गीतलाई आसिक जगेवूले छायांकन गरेका छन् । गीतलाई निकै आकर्षकरूपमा प्रस्तुत गरिएको छ । मौलिक सस्कृति जर्गेना गर्न पनि माया हजुर गीतले थप टेवा पुर्याउनेमा आफू आशावादी रहेको संगीतकार अटुले बताए । फरक किसिमबाट गीतमा मौलिक पनको आभाष दिने प्रयास गीतमा रहेको गायक राजेश पायलले बताएका छन् । आम दर्शकको भावनाअनुरूप नै अडियो तथा भिडियो निर्माण गरिएको निर्माण पक्षले बताएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८ ०३:२२