काठमाडौं– तेस्रो बोस्टर इन्टरटेनमेन्ट अवार्डको निर्णायक भूमिकामा रहेका निर्देशक देवेन्द्र पाण्डे सम्मानित भएका छन् । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा.रामशरण महतको प्रमुख आतिथ्यमा सम्पन्न सो अवार्ड वितरण कार्यक्रममा म्युजिक भिडियो निर्देशनका अत्यन्तै व्यस्त निर्देशक पाण्डेले निर्णायक भूमिका निभाएबापत उनी सम्मानित भएका हुन् ।
सो अवार्ड कार्यक्रमको निर्णायक भूमिकामा देखिएका निर्देशक पाण्डेले अत्यन्तै चर्चित म्युजिक भिडियो निर्देशन गरेर ख्याती कमाइसकेका छन् । अनवरतरूपमा लामो समयदेखि म्युजिक भिडियो निर्देशनमा व्यस्त निर्देशक पाण्डेको उच्च मूल्यांकन गर्दै अवार्डले उनलाई सम्मान गरेको हो ।
‘चट्ट बसम् देउरालीमा’, ‘क्या गरुम त नि’, ‘हल्का–हल्का लजाएर’जस्ता चर्चित म्युजिक भिडियोका निर्देशक पाण्डेले तेस्रो बोस्टर इन्टरटेनमेन्ट अवार्डको निर्णायक भूमिका निभाएका थिए ।