बाँके/गैरसरकारी संस्था महासंघ नेपाल, बाँके शाखाको रिक्त अध्यक्ष पदमा कार्यवाहक अध्यक्ष सपना भटराईलाई पदोन्नति गरिएकोछ ।
गैसस महासँघ नेपालको बिद्यान बमोजिम रिक्त अध्यक्ष पदपूर्ति गरिएको हो । साउन ६ गते सम्पन्न बैठकले सो निर्णय गरेको हो ।
बैठकले रिक्त उपाध्यक्षमा सदस्य शिवलाल पाण्डेलाई मनोनित गर्ने निर्णय गरेकोछ ।
महासँघ बाँकेका अध्यक्ष प्रमोद रिजालले राजिनामा दिई स्थानीय तहको निर्वाचन लड्नु पूर्ब अध्यक्ष पदबाट राजिनामा दिएका थिए । उनको राजिनामा स्विकृत गर्दै कार्य समितिले उपाध्यक्ष सपना भट्राईलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको थियो । रिजाल हाल नेपालगञ्ज उपमहानगरपालिकाको वडानम्बर १ को वडाध्यक्ष छन् ।
महासँघमा १०० बढि बाँकेका गैससहरु आबद्ध रहेका छन् । महासँघ प्रदेश नम्वर ५ का उपाध्यक्ष धर्मलाल रोकाय, निबर्तमान अध्यष प्रमोद रिजाल लगाएतको उपस्थितीमा बैठक सम्पन्न भएको थियो ।