नेपालगन्ज । साउन ६ ।
नेपालगन्ज उपमहानगरपालिकाका ३ वडाका १६ जना प्रतियोगिहरुलाई पछि पार्दै नेपालगन्ज १९ बसुदेबपुरकी मिनु गुप्ता बक्तृत्व कला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएकी छिन् ।
युनिसेफ नेपालको सहयोग, नेपालगन्ज उपमहानगरपालिका र सिविस नेपालको समन्वय तथा बास नेपालगन्जको आयोजनामा साउन ६ गते नेपालगन्जमा सम्पन्न बालश्रम न्यूनीकरण तथा बाल संरक्षण बिषयक बक्तृत्वकला प्रतियोगितामा मिनुले प्रथम स्थान हासिल गरेकी हुन् । प्रतियोगितामा क्रमशः द्धितिय, तृतीय र सान्त्वना स्थान भुमिका साँउद, अंकित सापकोटा र दुर्गा धमलाले हासिल गरिन् । नेपालगन्ज उपमहानगरपालिकाका वडा नं. १३ उदयपुर, वडा नं. १८ कारकादो र वडा नं. १९ बसुदेबपुरका बाल क्लबमा आबद्ध बालबालिकाहरुको प्रतियोगितामा सहभागिता रहेको थियो । ब्यवहार परिवर्तनका कार्यक्रम अन्तरगत भएको प्रतियोगितामा नेपाल पत्रकार महासंघ बाँके शाखाका निर्वतमान अध्यक्ष रुद्र सुबेदी, आदर्श माबि राझाँका सामाजिक शिक्षक एबम् सामाजिक शिक्षकहरुको सहभागितामा गठित सामाजिक सद्भाव समितिका संयोजक नोखीराम लामिछाने र बासका अध्यक्ष मन भण्डारीले निर्णायकको भुमिका निर्वाह गरेका थिए । कार्यक्रम संयोजक हेमराज भट्टले संचालन गरेको प्रतियोगिताको समापन कार्यक्रममा निर्णायक रुद्र सुबेदी, मन भण्डारी, बासका कार्यकारी निर्देशक नमस्कार शाह, नगर स्तरीय बाल क्लब सञ्जालका सदस्य ऋतिक शाहीले प्रमाण पत्र बितरण गरेका थिए ।
यसैगरी साउन ५ गते सम्पन्न बक्तृत्वकला प्रतियोगितामा १८ जना प्रतियोगिहरुलाई पछि पार्दै नेपालगन्ज १७ परसपुरका अंकित श्रीवास्तबले प्रथम स्थान हासिल गरेका थिए । यसैगरी दोश्रो, तेस्रो र सान्त्वना स्थान क्रमशः महेश साहु, अकलेस शर्मा र प्रदिप कुमार धोबीेले हासिल गरेका थिए । हिजो सम्पन्न प्रतियोगिता नेपालगन्ज उपमहानगरपालिका वडा नं. १६, १७ र ईन्द्रपुरका बाल क्लबका पदाधिकारीहरुको सहभागितामा सम्पन्न भएको थियो ।