काठमाडौं– कलाकार तथा फिल्म निर्माता शम्भुराज थापाको निधन भएको छ । उनको कोरोना संक्रमणका कारण शनिबार उपचारको क्रममा ललितपुरस्थित पाटन अस्पतालमा निधन भएको हो । तीन हप्ताअघि कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । ५५ वर्षीय थापा तीन दशकदेखि अभिनयमा सक्रिय थिए ।
०४८ सालमा निर्माण भएको फिल्म ‘पुकार’ बाट अभिनय करिअर सुरूप गरेका उनले त्यसयता दुई दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेका थिए । राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, गौरी मल्लको मुख्य भूमिका रहेको फिल्म ‘आफ्नो बिरानो’ लाई उनी स्वयंले निर्माणसमेत गरेका थिए । यसमा उनको पनि अभिनय थियो । हाँस्य पात्रको भूमिकामा दर्शकले उनलाई निकै रूपचाउने गरेका थिए ।
मह संचारको ‘आमा’, ‘मदनबहादुर–हरिबहादुर’लगायतका टेलिसिरियलसँगै पछिल्लो समय ‘मेरी बास्सै’, ‘भद्रगोल’, ‘गोलमाल’ ‘हल्का रमाइलो’ लगायतका टेलिसिरियलमा अभिनय गर्दै आएका उनी ‘हल्का रमाइलो’ मा काम गरेपछि ‘बखते’ चरित्रबाट दर्शकमाझ चर्चित थिए । थापाको श्रीमती, एक छोरी र एक छोरा छन् । उनको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
थापाको निधनप्रति थुप्रै कलाकारहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् । कलाकार हरिवंश आचार्यले भने, ‘उहाँ राम्रो कलाकार हुनुहुन्थ्यो नै, उत्तिकै मिलनसार पनि हुनुहुन्थ्यो ।’ थापाको श्रीमती, एक छोरी र एक छोरा छन् ।