नेपालमा पुरूपषको भन्दा महिलाको संख्या बढी छ । अधिकांश महिला भए पनि केही वर्षयता महिलाको जीवनस्तरमा केही परिवर्तन आएको देखिन्छ । यसको उदाहरणका लागि धेरै टाढासम्म पुग्नै पर्दैन । नेपालको हालको राष्ट्रपति विद्यादेवी भण्डारी महिला हुन् । ओमसरी घर्ती पहिला महिला सभामुख बनिन् । पहिलो महिला प्रधानन्यायधीश पदमा पनि सुशीला कार्की भइन् ।
विभिन्न पदमा महिलाहरू पुग्न सफल भए । ऐन, कानुन बनाएर देश चलाउने ओहदासम्म नेपालका महिलाहरू पुगेका छन् । पुरूपषभन्दा महिला पनि केही कम छैनन् भन्ने कडा छाप नेपाली महिलाहरू सबैको दिमागमा छाड्न सफल भए । महिला राष्ट्रपति, सभामुख, प्रधानन्यायधीश भएको देशमा पनि महिलाहरूमाथि यत्रो दुव्र्यवहार किन ?
नेपालमा महिलाहरू महिलाकै विषयमा जवाफ दिनुप¥यो भनेर हिचकिचाउँछन् । महिलाहरू उच्च पदमा पुग्दा पनि महिलाहरूले नै सुरक्षित र सम्मानताका साथ अझै पनि कदम बढाउन सकेका छैनन् । उच्च पदमा पुगेर मात्र के गर्नु महिला भएर महिलाकै दुःख बुझ्नसकेका छैनन् ।
महिला भएर महिला कै नारा बेचे । त्यहाँ पुगे । जो जहाँ पुगे पनि आर्थिक स्तर कमजोर भएको, समाजबाट पिछडिएको महिलाहरूले के पाए । हाम्रो देशमा कति आर्थिक कमजोर भएका दिदीबहिनी, आमा, नारीहरू छन् । यसको आंकलन राष्ट्रपति, प्रधानन्यायधीश र सभामुखसँग छ ?
आर्थिक कमजोर भएकाले कति नारी घरेलु हिंसाको भागिदार बनेका छन् । कतिले पढ्न मन हुँदाहुँदै पनि पढ्न पाएनन् । कतिले समाजको दुव्र्यवहार सहनु परेको छ । आवाज भएर पनि आवाजविहीन बनेर बसेका छन् । कति सिधा महिलालाई शिक्षा नभएकै कारण पनि अन्य मुलुकमा लगेर बेचेको छन् ।
एनजिओ खोलेका छन् । महिलाको नारा बोकेर डलर पचाएका छन् । यसरी महिलाको नाम बेचेर कति दिन चल्छ । महिलाको नाममा राजनीति गरेका छन् । फोहोरी राजनीति चलाएका छन् । राजनीतिक पार्टीको झोला बोकेका छन् । यत्रो महिला भएको देशमा महिलाकै लागि आवाज उठाउने कोही पनि भएनन् । हेर, हाम्रो देशको स्थिति ।
अहिले धेरैजसोले आफ्नो घरमा काम गर्नका लागि गाउँबाट गरिब, पढाइलेखाइ नभएको दिदीबहिनीहरू ल्याएर राख्ने गरेका छन् । आर्थिक अवस्था कमजोर भएका दिदीबहिनीहरू पढ्न पाइएला । अरूप नभए पनि दुईछाक पेटभरि खान पाइएला । एक जोर लुगाले आफ्नो ज्यानमा हाल्न पाइएला भनेर आफनो गाउँ छाडेर सहर पसेका छन् ।
बिहान ५ बजेदेखि बेलुका १० बजेसम्म हुरूपक्कै हुने गरी काम लगाउँछन् । जुठा भाँडा माझ्नेदेखि घर पुछ्नु पर्छ । त्यति मात्र नभएर खान पकाउनेदेखि लिएर भित्री वस्त्रसम्म धुन लगाएका छन् । के पैसा हुनेहरूमा मानवता हराएकै हो ? आफूलाई दुख्छ भने अरूपलाई पनि दुख्छ भनेर नसोच्ने पनि मान्छे हुन् ?
के पैसा हुनेलाई मात्र भोक र थकाइ लाग्छ । दुई छाक खानाको भरमा सबै काम लाउन यी पैसावालहरूलाई लाज लाग्दैन ? पढाउँछु भनेर गाउँबाट ल्याउँछन् । यहाँ ल्याएपछि त पढाइलेखाइ पनि छैन । अर्काको हड्डी घोटेर चन्दन लाउन पनि तयार हुन्छन् यी पैसावाल ।
कति पैसावालले मासिक तलब दिने हिसाबले पनि घरायसी काम गर्नका लागि दिदीबहिनी, आमाहरू राखेका छन् । ३ देखि ५ हजार दिएर महिनाभरि काम लगाउँछन् । आफ्नो छोराछोरी उमेरभन्दा कमका बालबालिकालाई समेत घरायसी काममा दलाएका छन् ।
आफ्नो छोराछोरीलाई भोक लाग्दा ती बालवालिकालाई पनि भोक लाग्छ भनेर पैसावालहरूले सोच्दैनन् । पैसावाललाई मात्र भोक र प्यास लाग्छ । अरूपलाई भोक र तिर्खा लाग्दैन ? एउटा गरिबको पसिना चुसेर आफू खुट्टा पसारेर बस्नु कति हीनताबोध कुरा हो ।
प्रत्येक दिन उज्यालो हुन्छ । बिहान उठेर सडकमा हिँड्नुस् । बाटोमा दुईथरिका मान्छे भेट्नुहुन्छ । एउटा कसरी आफ्नो र परिवारको पेट पाल्नु भनेर कामको खोजीमा हिँडेका हुन्छन् । अर्को खुट््टा पसारेर खाएर आफूलाई रोग नलागोस् भनेर मर्निङ वाकमा हिँडेका हुन्छन् ।
अप्ठयारो, गाह्रो सबैलाई पर्छ । तर, गरिबको अप्ठ्यारोमा साथ दिने कोही पनि हुन्नन् । शरीरले सक्ने र बलभन्दा बढी काम घोटाउँछन् । चाडपर्वहरूमा छुट्टी पनि दिँदैनन् । चाडपर्वमा त सबैले छुट्टी पाउनुपर्ने होइन र ? कि त सरकारी जागिरे र पैसावालका लागि मात्र चाडपर्व बनाएको हो । सरकारी जागिर खानलाई त सरकारले केही भन्न सकेको छैन ।
एउटा घरमा काम गर्ने मान्छे टाइममा आइपुग्नुपर्ने । बिनातलब ओभरटाइम काम गर्नुपर्ने । हिजो परिस्थिति ठिक हुन्जेल थोरै तलब दिएर काम गर्ने श्रमिकको शोषण ग¥यो । जब कोभिड नेपाल भित्रियो । तब सबैले घरायसी काम गर्नेलाई कामबाट निकाले ।
कतिसम्म मानवता हराएका मान्छेहरू नेपालमा बस्छन् भनेर आंकलन यहाँबाट लगाउन सकिन्छ । कोभिड सबैतिर फैलिएको थियो । सरकारी जागिरे र घरबाट अफिसको काम गर्नेहरूलाई त कोरोनाकाल छुट्टी मनाएझैँ भयो । तर जो बेरोजगार बने उनीहरू भोकभोकै बस्न बाध्य भए ।
कोरोनाको बहाना बनाएर धेरै घरायसी काम गर्नेहरू बेरोजगार बन्न पुगे । गरिब, अशिक्षितहरूका लागि भनेर हाम्रो देशमा धेरैचोटी आन्दोलन भयो तर देशका गरिबहरू प्हिले जुन ठाँउमा थिए । अहिले पनि ती छन् । उनीहरूक जीवनस्तरमा पनि केही परिवर्तन आएन् । हाम्रो देशका पुँजीपतिहरूक सोचाइमा पनि केही परिवर्तन आएन ।
सकेसम्म घरभरिको काम गरेर मात्र जोओस् भन्ने मनसाय हरेक पुँजीपति वर्गको छ । न उनीहरूको सञ्जय कोष काटेका हुन्छन्, न त उनीलाई पेन्सन नै आँउछ । अरूपको घरमा काम गर्दागर्दै बुढेसकाल लागिसक्छ । हातखुट्टा कमजोर हुँदै जान्छ । त्यतिखेरको साहरा को हुन्छ । उपचार गर्ने पैसा हुँदैन । बाँच्न मन हुँदाहुँदै पनि मर्न बाध्य हुन्छन् ।
१६ वर्षभन्दा मुनिका बालबालिकाहरूलाई काम लगाउन पाइँदैन । ७० वर्ष नाघेको मान्छेलाई कानुनले काम लगाउन दिँदैन । तर के गर्नु पेटले कानुन र उमेर भन्दो रहेनछ भन्ने पनि नेपालका सडक र घरघरमा थुप्रै भेटिँदोरहेछ । सरकारले कानुन त बनायो । धनीले कानुनको प्रत्याभूति गर्न पाए पनि गरिबले त्यो पनि पाएनन् ।
गरिबको कोखबाट जन्म लिनु नै कति दिदीबहिनीलाई बोझको कुरा बन्न पुग्यो । २०७८।४।१ गतेदेखि जुनसुकै काम गर्नेको सरकारले तोकेको न्यूनतम पारिश्रामिक १५ हजार रूपपैयाँ हो । तर सबैले सरकारले तोके जति तलब पाएका छन् त ?
घरायसी काममा मात्र नभई पसल र ज्यामी काममा जाने महिलाहरूलाई उत्तिकै शोषण गरिएको छ । सरकारसँग कति महिला घरायसी काम गर्छन् । कति पसल र निजी संस्थामा काम गर्छन् भन्ने डाटा छैन । थोरै तलबमा महिलाहरू महिनाभर काम गर्न बाध्य छन् ।
महिला भनेपछि संघसंस्थाका सञ्चालकहरूले नराम्रो नजरले हेर्ने गरेको पाइन्छ । घरायसी काम गर्ने महिलाहरू पनि दुव्र्यहारको सिकार बन्न पुगेका छन् । आफ्नो हातका नंग्रा खियाएर, सामन्तीहरूको दासीजस्तै व्यवहार सहेर पनि घरायसी काम गर्नेहरूले सुखको सास फेर्न पाएका छैनन् ।
त्यही गरिब जनताले तिरेको करबाट तलबभत्ता, पेन्सन खाने, सरकारी गाडी चढ्ने सांसद र सरकारी कर्मचारीहरू माथि हरेक गरिब र शोषित बनेका नेपाली जनताहरूको धिक्कार छ । गरिब जनताले खाई नखाई तिरेको करबाट तलब खाइसकेपछि गरिब जनताहरूको विषयमा केही काम नगर्न राजनीतिक दल, मन्त्री , प्रधानमन्त्री र सांसदहरूलाई लाज लाग्दैन ?
हरेक नेपाली नागरिकलाई ५८ हजार रूपपियाँको ऋणी बनाएर राजनीति दलहरू चिल्लो गाडी चढेका छन् । साइडमा सयौ सुरक्षाकर्मी राखेर हिँडेका छन् । तर त्यही देशको कुनै नागरिक उपचार नपाएर मर्न बाध्य भएका छन् ।
गरिबको नारा बेचेर सत्ता हासिल गर्नेहरूको संख्या नेपालमा उत्तिकै छ । कोही खुट्टा पसारेर बसेर खाएका छन् । कोही चिल्ला गाडी चढेका छन् । तर त्यही ठाउँमा कोही आफ्नो पेट पाल्नका लागि कत्रो संघर्ष गरिरहेको छन् । यही हो लोकतान्त्रिक र संविधानयुक्त राष्ट्र । महिला सत्तामा आए पनि महिलाकै जीवनस्तरमा कुनै परिवर्तन आएको छैन । जो जो जहाँ गए पनि आए पनि गरिब जनताहरूलाई कुनै फरक परेको छैन ।