राजनीतिमा युवा र महिला भनेको एक रथका दुई पांग्रासमान हुन् । यो मानव संसारको परिवर्तनको मेरुदण्ड भनेको नै युवा र महिलालाई मान्न सकिन्छ । समाजलाई कोल्टे फेराउनका लागि सम्पूर्ण समाजमा भएका युवा जगत्लाई अगाडि ल्याउन सकेमा समाजको मुहार चाँडै नै फेरिने कुरा स्पष्ट नै छ । हरेक तहमा युवाहरूलाई मुख्य भूमिकामा काम गर्न दिइयो भने परिवर्तनको बिगुल त्यहीँबाट फुक्न सुरु हुने गर्दछ । वर्तमान स्थितिमा हेर्ने हो भने पनि महिलाहरू विगतभन्दा धेरै नै अब्बल भएका छन् किनकि न्यायनलयको ढोकादेखि राष्ट्रपतिजस्तो देशको उच्च गरिमामय पदमामा आफ्नो आफूलाई स्थापित गराउन सक्ने भएको सबैलाई जानकारी नै छ ।
तर पनि महिलालहरूलाई कोटाको हिंसामा मात्रै ओगटेको प्रशस्त देख्न सकिन्छ । हरेक तहमा महिलाहरूको समान अधिकार दिनु आवश्यक मानिन्छ र महिलाहरूलाई संख्या पुयाउनका लागि नभई उच्च स्थानमा निर्णायक भूमिकामा स्थान दिन जरुरी छ । विभिन्न राजनीतिक दलहरूमा आस्थावान् महिला नेतृहरू भए पनि उनीहरूलाई पुरुषप्रधान देशको हैकमवादले आजको दिनहरूमा पनि आफ्नो हैसियतअनुसार कार्य गर्न दिइएको छैन् । आरक्षणका आधारमा मात्रै महिलालाई खुम्च्याउँदा पनि हाम्रो देशले गति लिन सकेको छैन । एउटा घर अर्थात् परिवारलाई व्यवस्थापन गर्न सक्ने पहिलाले एउटा देशलाई राम्रोसँग मिलाएर अगाडि बढाउन सक्ने क्षमता राख्दछे । महिला संसारकै शक्तिशाली रूप हो हरेक परिस्थितिहरूमा आफू विचलित नभई आफ्नो कर्मलाई अगाडि बढाउने हिम्मत गर्दछे । वर्तमान स्थितिमा राष्ट्रिय राजनीतिमा भएको विकृति र विसंगतिलाई हटाउन युवा र महिलाको धेरै नै आवश्यकता रहेको छ । देशलाई परिवर्तन गराउन युवा र महिलाको सहभागिताको अत्यन्तै महत्वपूर्ण भूमिका रहन्छ । राजनीतिलाई फोहोरी खेल भनेर युवाहरूले भन्ने गरेका छन् यस्तो भनाइलाई पुराना पुस्ता अर्थात राजनीतिमा अभिभावक मानिने व्यक्तित्वहरूले राजनीतिको महत्वलाई राम्रोसँग बुझाउने क्षमता राख्नु पर्दछ ।
आजका हरेक युवाहरूमा राजनीतिमा वितृष्णा फैलिएको छ किनकि युवाहरूलाई राजनीतिमा मतदाताको रूपमा मात्रै प्रयोग गरिएको छ आजका दिनमा कैयौँ युवाहरू आफ्नो देशमा भोट दिएर पनि नेता बनाएर उच्च व्यक्तित्व बनायो अनि नेताहरूको जीबन परिवर्तन गराउन त्यही युवाहरूको भोट खाँचो भयो र नेताको सपना पूरा भयो तर आज जुन मत दिने युवाको सपना हरेकपल टुट्ने गरेको छ ।
अहिले त झन् कोभिड–१९ भएसँगै कैयौँ युवाहरूको सपना चकनाचुर भएको छ । नेताहरू आफैँ भागबन्डामा लुछाचुँडी गरिरहेका छन्, जनतालाई सास्ती मात्रै बढी रहेको छ । आज हरेक दिन युवाहरू कुन देशमा काम गर्न जान पाइन्छ भनी हातमा राहदानीको प्रतिलिलि बोकी हरेक रात निदाएका छैनन् । राजनीति भनेको त सम्भावनाको खेती हो नि के हुन्न र तर हाम्रो देशमा राजनीतिलाई कमाइ खाने भाँडोको रूपमा बनाइएको छ । राजनीतिमा सेवाको भावना हराइसकेको छ । आजका दिनसम्म खै के परिवर्तन गर्न सकेको छ त हरेक वर्ष बजेट घोषणा गर्ने समयमा कानमा रेडियो सुन्दा खुब यस वर्ष त राम्रो राम्रो काममा बजेट छुट्टयाइएछ कम्तीमा पनि आफ्नो गाँउमा गरी खाने मेलो वा रोजगारी पाइने भइयो भनेर बस्यो तर विडम्वना, यो सबै सपना मात्रै हुने गर्छन् । देशमा राजनीति विकासे कार्यमा युवा र महिलालाई विशेष भूमिका नदिएसम्म देशले मुहार फेर्न सक्दैन । देशलाई नयाँ बाटोतर्फ लैजाने हो भने युवा र महिलाप्रति उत्साहजनक भूमिका दिनुपर्छ । अहिले विभिन्न भूमिकामा रहेका महिला र युवाहरूलाई पनि समस्याको चपेटामा पारी आफ्नो नियन्त्रणमा राखी अधिकार दिइको छ । यसो गर्दा अझै मनोबल गिरेको छ । हाम्रो देशमा राजनीतिकमा संस्कार भन्ने कुराको खडेरी लाग्दै गएको छ । वृद्धभत्ता खाएर बस्ने उमेर नाघेकाले नै आज देशमा किल्ला गाडेका छन । युवाहरूलाई खोलो त¥यो लौरो बिर्सियो भन्ने नेपाली उखानसँग चरितार्थ गरिएको छ । चुनावका घोषणापत्र पल्टाएर हेर्ने हो भने युवाका लागि धेरै कागजका पन्नाहरू खर्चिएका छन् ता कि त्यस्ता खोक्रा भाषणले नै आज देश नै खोक्रो बनाइसकेकाछन् । यस्तो दाउपेचका नेतृत्वसँग अबका दिनहरूमा हरेक पार्टीका युवाहरूले नेतृत्व लिँदा या दिँदा ध्यान पु¥याउन सक्नुपर्छ नत्र देशलाई ठूलो खाल्डोमा आफैँले लडाउने निश्चित छ ।
विश्व ईतिहास हेर्ने हो भने युवा र महिलाको उत्साहजनक भूमिका दिइएको देखिएको छ । युगान्डाकी सांसद प्रोस्कोभिया ओरोमाइट सन् २०१३ मा सांसद निर्वाचित हुँदा १९ वर्षकी थिइन् । उनी अफ्रिका मात्र नभई संसारकै कान्छी सांसद बनिन् । त्यसैगरी ब्रिटिस स्कट मूलकी म्हारी ब्ल्याक सन् २०१५ मा सांसद जित्दा २० वर्षकी थिइन् । सन् १६६७ पछिको ब्रिटिस इतिहासमा उनी कान्छी सांसद हुन्, उनले झन्डै ५ सय वर्षको इतिहास तोडिन् । त्यसै गरी न् २००८ मा लेबर पार्टीबाट २८ वर्षको उमेरमा सांसद बनेकी ज्यासिन्डा आड्रन ३७ वर्षको उमेरमा पार्टी प्रमुख हुँदै २०१९ अगस्टमा न्युजिल्यान्डको तेस्रो महिला तथा त्यहाँको इतिहासमा सवभन्दा कम उमेरकी महिला प्रधानमन्त्री हुन सफल भइन् । त्यसैगरी फ्रान्सका युवा नेता इम्यानुएल माक्रों पहिलोपटक चुनाव जितेर राष्ट्रपति हुँदा ३९ वर्षका थिए । तर नेपालमा त इतिहास हेर्दा जंगबहादुर राणाले ३१ वर्षको उमेरमा मुलुकको प्रधानमन्त्री भई शासनको बागडोर समालेका थिए । तर वर्तमान स्थितिमा हेर्ने हो भने ५०÷७० वर्षीय बृद्धबालकले धेरै जसो पार्टीमा राज गरेको पाइन्छ । यस्तो कारणले पनि युवा शक्तिका लागि राजनीतिमा बाटो साँघुरो भएको पाइन्छ ।
देशमा लोकतन्त्र आयो तर युवा र महिलाहरूका निम्ति संविधानका ठेलीहरू भरिए तर अधिकारबाट वञ्चित नै रहिरहनु परेको छ । राजनीतिमा युवा र महिलालाई साधन बनाई आज प्रयोग गरी मिल्काइ दिइएका छन्, त्यस कारण अब युवा र महिलाहरूले आफ्नो अधिकार लिनका निम्ति एकजुट भई अधिकारका लागि जुट्नुपर्छ । नेतृत्वको अकर्मण्यता, दूरदृष्टि र स्पष्ट भिजन नहुँदा देशमा स्पष्ट नेतृत्वको समस्या बढिरहेको छ । युवा र महिलाहरूको परिवर्तन ल्याउन पुनः एकपल्ट सबै एकत्रित हुन आवश्यक छ । समान सहभागिता र विकसित देशका रूपमा मुलुकलाई परिचित बनाउन युवा र महिलाले नेतृत्व गर्नु आजको आवश्यकता हो ।