- जस्मिन शाह -
सामाजिक सञ्जालले संसारलाई जोडेको छ । आजको यो समयमा सामाजिक सञ्जाल हाम्रो समुदायको अभिन्न भाग बनेकोे छ । हरेक दिन १ अर्व भन्दा बढी मानिसहरु सामाजिक संजालबाट एक अर्कासँग जोडिन्छन् । हरेक कार्य गर्नको लागि सामाजिक संजाल एकदमै महत्वपूर्ण बनेको छ । हामी संसारको जुनसुकै कुनामा भएपनि संसारमा के भइरहेको छ र संसारका हरेक गतिविधीहरु सजिलैसंग आफ्नै घरमा बसेर जानकारी पाइरहेका हुन्छौँ । सामाजिक सञ्जाल मार्फत विश्वको जुनसुकै कुनामा भएपनि सबै आफन्तजन, साथि भाईसँग, छरछिमेकीसँग सम्पर्कमा बस्न सजिलो बनाएको छ भने पुराना-पुराना साथिहरुसंग पनि सम्पर्क हुने गरेकोछ ।
सामाजिक सञ्जाल सूचनामैत्री छ नयाँ—नयाँ समाचारहरु हामी सामाजिक सञ्जाल मार्फत पाइरहेका छौँ । आजको यो समयमा हरेक कामहरु गर्न सामाजिक सञ्जालले सजिलो बनाइरहेको छ । जस्तै : E-banking , E-farming , E-banking, E-learning, E-finance, online education, online shopping आदिले मानिसलाई एकदमै सहयोग पुर्याईरहेकोछ । । अनलाईन सपिङ्गबाट आफुलाई मनपर्ने सामान घरमै बसेर किन्न सक्छौँ । त्यसैगरि online booking, ticket हरु book गर्दा, विभिन्न Job हरुमा आवेदन गर्दा जस्ता थुप्रै कार्यहरु गर्न सामाजिक सञ्जालले सहयोग गरेको छ ।
मानिसको जीवनमा आइपर्ने स—साना कामदेखि लिएर ठुलठुला समस्याको समाधान सामाजिक सञ्जालको सहयोगबाट गरिरहेका हुन्छौँ । अझ सामाजिक सञ्जालले विद्यार्थीहरुलाई विशेष सहयोग गरेको छ । Google search गरेर हामी धेरै कुराको ज्ञान पाइरहेका छौँ । जो class attend
गर्न सक्दैनन्, नसक्नेहरु पनि online education ले गर्दा धेरै अगाडि पुगेका छन् । LKG को Project देखि लिएर LLB को Object सम्म आवश्यक पर्ने ज्ञान सामाजिक सञ्जालमा पाइरहेका हुन्छौँ । क्रिकेटको विकेटदेखि लिएर नेताको टिकट सम्मको जानकारी सामाजिक सञ्जालले दिन्छ । सामाजिक सञ्जालले विशेष गरी युवाहरुलाई अझ creative and innovative बनाएको छ । सामाजिक सञ्जालदेखि पनि मानिसहरु धेरै पैसा कमाएर अझ confident and independent भएका छन् ।
सामाजिक सञ्जाल केवल मनोरञ्जनका लागि मात्र नभएर सूचना प्रविधी मैत्री छ । नयाँ—नयाँ समाचार, सुचना Update भइरहन्छन् । मानिसहरु सामाजिक सञ्जाल मार्फत रोजगारि पाइरहेका छन् । जस्तै : मेरो जव डट कम जस्ता बेवसाईडहरुले रोजगारीकोे बारेमा जानकारी सामाजिक सञ्जाल मार्फत दिइराखेका हुन्छन् । विभिन्न अन्य मानिसहरु online shop गरेर सजिलै आम्दानी गरिरहेका छन् । सामाजिक सञ्जाल मार्फत व्यक्तिले आफुले गरेका राम्रा कामहरु Social media मा update गरेर आफ्ना साथि भाई आफन्त देखि लिएर पुरै संसार माझ आफुलाई परिचित गराउन सकेका छन् । कुनै नयाँ काम, नयाँ व्यवसाय शुरु गर्यो भने त्यसको प्रचार—प्रसार र प्रवद्र्धन गर्न सामाजिक सञ्जाल निकै उपयोगी छ । कुनै ठुलो कार्यक्रम गर्नु पर्यो भने एक मिनेट भित्रनै सयौं, हजारौँ जनतालाई सामाजिक सञ्जाल मार्फत जानकारी गराउन सक्छौँ ।
कुनै महत्वपूर्ण कार्यक्रम, जमघटका तस्विरहरु सामाजिक सञ्जालमा उयकत गरेर सुरक्षित राख्न सकिन्छ । संसारको जुनसुकै कुनामा भएपनि सामाजिक सञ्जालको Video call बाट प्रत्यक्ष कुरा गर्न सकिन्छ । कुनै घटना वा समारोहको प्रत्यक्ष प्रसारण Video Live सामाजिक सञ्जाल मार्फत गर्न सकिन्छ । जसले गर्दा मानिसहरु जहाँ जुनसुकै ठाउँमा भएपनि सजिलै प्रत्यक्ष रुपमा हेर्न पाउँदछन् ।
सामाजिक सञ्जाल मार्फत सामाजिक अभियानहरु सञ्चालन गर्न सकिन्छ । जस्तै : सरसफाइका अभियानहरु वाग्मति सरसफाइ अभियान, khali sisi.com आदि । ठुल्ठुला समस्यामा परेका आर्थिक अभावको कारण औषधि उपचार गर्न नसकेका, आर्थिक अभावको कारण पढ्न नपाएका तमाम व्यक्तिहरुको लागि सामाजिक सञ्जाल वरदान सावित भएको छ । सामाजिक सञ्जाल मार्फत उनीहरुले थुप्रै सहयोग पाएका छन् ।
Facebook जस्ता Social Media मार्फत लाखौँ रकम सङ्कलन भई आर्थिक अभावको कारण उपचार गर्न नपाएका कैयौ मानिसको ज्यान जोगिएको छ । त्यसैगरि वैदेशिक रोजगारमा अलपत्र परेका नेपालीहरु र विदेशमा वर्षौ देखि दुःख झेलीरहेका युवा युवती र विदेशमा वेचिएका कैयौं नेपाली चेलीहरुको उद्धार समेत भएकोछ । संसारमा के भइरहेको छ भन्ने कुरा सामाजिक सञ्जाल हेरेर नै थाहा पाउन सकिन्छ । चर्चित सञ्चार माध्यमहरुले समेत सामाजिक सञ्जालमा आफ्नो सक्रियता बढाएका छन् ।
विभिन्न आकस्मिक घटनाहरु जस्तै भुकम्प तथा अन्य दैविक प्रकोपको समयमा उद्वारको सूचना, पीडितहरुको अवस्था बारे जानकारी सामाजिक सञ्जालबाट पाइरहेका हुन्छौँ । सामाजिक सञ्जालले सामुहिक भावना जागृत गराउँदछ । जस्तै : भुकम्पको बेला एक अर्कालाई सहयोग गर्ने कार्य सामाजिक सञ्जालबाट चलाइएको थियो । सामाजिक सञ्जालबाट हामी सम्बन्धित विषयमा थुप्रै ज्ञान पाउन सक्छौँ । जस्तै : Google मा Investopedia, Wikipedia जस्ता Website हरु देखि थुपै ज्ञान पाइरहेका हुन्छौ । सामाजिक संजालले गर्दा नै धेरै विद्यार्थिहरु अगाडि पुगेका छन् । सामाजिक संजालले कसैलाई विश्वसामु रातारात चर्चित बनाइदिन्छ । जस्तै उदाहरणको लागि तरकारी बाली । सामाजिक संजालको महत्व धेरै छ । आजको सामाजिक संजाल यो समयमा आवश्यक मात्र होइन अत्यन्त महत्वपूर्ण छ ।