काठमाडौं– फाल्गुनन्द लिङ्देन फिल्मस्ले निर्माण गर्न लागेको दुई चलचित्र ‘रीत’ र ‘अञ्जली’को छायांकन आउँदो साताबाट सुरु हुने भएको छ । ‘रीत’ लिम्बु भाषा र संस्कृतिमा आधारित चलचित्र हो भने ‘अञ्जली’ हत्या हिंसा र अपहरणको कथामा बन्नेछ ।
दुवै चलचित्रका निर्देशक दिनेश लिङदेनले चलचित्र ‘रीत’को छायांकन ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटामा जानकारी दिए । यस्तै, ‘अञ्जली’ काठमाडौं उपत्यका आसपासमा छायांकन गरिने छ । दुवै चलचित्रको वर्कशप चलिरहेको छ ।
यी दुवै चलचित्रमा एलिना बाँस्कोटा, विमला खजुम, पूर्व राज्यमन्त्री श्रीप्रसाद जबेगु, स्मृति लिम्बु, असली बनेम, सागर केरुङ, पुन्य ओझा, हाङ चेम्जोङ, दिनेश माङमु, शर्मिला शर्मा, विशाल सेनीहाङ, नन्दु तुम्बापो, नरेश बनेम, निसाम तुम्बापो, प्रज्वलिका गिरी, भीम थेबे लिम्बु, अजय खड्का, कल्याण राई, दीपक नेपाली, माइकल तुम्बापोलगायतका कलाकारको अभिनय रहनेछ ।
मिकहाङ लिङ्देन र सुदिता लिदेनको प्रस्तुति रहेको ‘रीत’ र ‘अञ्जली’को निर्माताहरूमा कविता राई लिङ्देन, सागर केरुङ, धनराज खड्का, मनि ताम्लिङ, विक्रम पयांगु, दीपक नेपाली छन् । दुवै चलचित्रमा सागर केरुङको कथा रहनेछ ।