कुरो केही दिन अगाडीको हो । बालश्रम न्युनिकरणका लागि सचेतना जगाउने उद्धेश्यले म लगाएत साथीहरु भन्ने जनचेतना फैलाउन उद्धेश्यले जानकि गाउँपालिकाको वडा न. ३ इन्द्रपुर गएका थियौँ ।
गाउँको पासीपुर भन्ने टोलमा बिभिन्न जनेचतनामूलक पम्पलेट र स्टिकर टाँस्दै, बितरण गर्दै हामी त्यहाँ पूगेका थियौं । घरदैलो गर्दै हामी बिभिन्न टोलहरुमा अभियान सञ्चालन गर्दै थियौं । २/३ घर अगाडी पूगिसकेपछि होहल्ला सुनियो । के को होहल्ला रहेछ भनेर यसो बुझ्न खोज्दा एउटि आमाले छोरीलाई घरमा थुनेर पिटिरहेको थाहा भयो । उक्त कुरा थाहा पाएपछि हामी त्यहाँ पुग्यौं । जहाँ छोरीले घरको कोठाभित्रबाट ऐया मरेँ भन्दै कराइ रहेको हामीले सुन्यौं ।
बालश्रमको अन्त्य र बाल अधिकारको संरक्षण बारे जनचेतना जगाउन गएका हामीहरु त्यस्तो अवस्थामा चुप लागेर बस्नु कदापी राम्रो नहुने कुराको महसुस गर्दै म कुट्नका लागि भित्रबाट बन्द गरिएको कोठामा प्रबेश गरें । त्यहाँ आमाले छोरीलाई लखतरान हुने गरि पिटिरहेकि थिईन् । मेरो पहलमा ती बहिनी ढोका खोलेर बाहिरिन् । मैले यसरी पिट्न भएन, पिटेर समस्याको समाधान हुँदैन भन्न खोज्दा उल्टै म माथि पीडित बहिनीकी आमा र दाईले हातपात गर्न खोजे, मलाई धकेले ।
यसरी ति बहिनीलाई उद्धार गरेपछि हामीले बहिनीलाई के भएको हो ? भनेर सोध्दा उनले दिनहुँ आमाले रक्सी खाएर बिना कारण आफूलाई पिट्ने गरेको जानकारी दिईन् । यसरी बिना कसुर आफ्नै छोरीलाई पिट्ने आमा कस्तो स्वभावकि हुन् बुझ्न सकिएन ?
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०७५ १३:१४