काठमाडौं — टोखास्थित टिम चण्डेश्वरीले गजराज जोशी स्मृती कप २०२१ गल्र्स क्रिकेट फ्रेण्डली सिरिजको उपाधी उचालेको छ । नेपालको पहिलो धावक स्व. गजराज जोशीको जन्मजयन्तीको उपलक्षमा गजराज जोशी ट्रष्टद्वारा आयोजना गरिएकोको गल्र्स क्रिकेट फ्रेण्डली ट्राई सिरिजमा टिम सरस्वती माथि २ – १ को जित निकाल्दै सिरिजमा कब्जा जमाएको हो ।
गोल्फुटारस्थित रोयल ईन्डोर क्रिकेट एकेडेमीमा भएको सिरिजको १२ ओभरको पहिलो खेलमा टिम सरस्वतीले ६ विकेटको जित निकाल्यो । टस जितेर बलिङ्ग रोजेको सरस्वतीले चण्डेश्वरीलाई ५ विकेटको क्षतीमा ६८ रनमा रोक्न सफल भएको थियो । चण्डेश्वरीका संस्कृती फुयालले १५ बलमा २ छक्काको मद्धतमा १८ रन र बिपिषा शाहीले १० बलमा १ चौकाको मद्धतले १४ रन जोडे । टिम सरस्वतीका प्रकृती पोखरेलले ३ ओभरमा २२ रनका साथ एक विकेट र अश्मिता खरेलले ३ विकेटमा १५ रन खर्चिदै एक विकेट हात पारेकी थिईन् ।
६९ रनको लक्षका साथ मैदान छिरेको टिम सरस्वतीले १० ओभरमा १ विकेटको क्षतीमा लक्ष पुरा गर्यो । सरस्वतीका प्लेयर अफ दि म्याच विन्दा कटुवालले ३३ बलमा १ छक्का र १ चौकाको मद्धतले ४० रन र हेलिशा गुरुङ्गले १६ बलमा १३ रन जोडिन् । चण्डेश्वरीकी विपिषा शाहीले २ ओभरमा १ विकेटका साथ १२ रन खर्चिन् । सिरिजको दोश्रो खेलमा टिम चण्डेश्वरीले ६ रनको जित निकाल्यो । टस हारेर पहिले ब्याटिङ्ग गरेको चण्डेश्वरीले ८.१ ओभरमा सवै ७ विकेट गुमाउँदै ७७ रन जोड्यो । प्लेयर अफ दि म्याच डल्ली भट्टले ११ बल फेस गर्दै २ छक्काको मद्धतले २१ रन जोडिन् । यस्तै संस्कृती फुयालले २२ बलमा १ छक्काको मद्धतले १६ रन र खुशी डङ्गोलले १२ बलमा १ छक्का मद्धतले १२ रन जोडिन् । बलिङ्ग तर्फ सरस्वतीका कृष्मा गुरुङ्गले २.१ ओभरमा ११ रन खर्चदै ३ विकेट र प्रकृती पोखरेलले ३ ओभरमा २९ रन खर्चदै २ विकेट हात पारिन् ।
७८ रनको लक्ष पछ्याउने क्रममा टिम सरस्वती १२ ओभरमा पुरै ७ विकेट गुमाउँदै ७१ रनमा समेटियो । सरस्वतीका हेलिशा गुरुङ्गले ३६ बलमा १ छक्को मद्धतले २९ रन र विन्दा कटुवालले २० बलमा १ चौकाको मद्धतले २२ रन जोडिन् । बलिङ्ग तर्फ चण्डेश्वरीका डल्ली भट्टले ३ ओभरमा १२ रन खर्चदै १ विकेट र विपिषा शाहीले ३ ओभरमा १८ रन खर्चदै १ विकेट हात पारिन् । सिरिजको तेश्रो तथा अन्तिम खेलमा चण्डेश्वरीले ७ रनको जित निकाल्दै सिरिजमाथि कब्जा जमायो । चण्डेश्वरीले टस जितेर पहिले ब्याटिङ्ग रोज्दै ५.३ ओभरमा सवै ७ विकेट गुमाउँदै ३९ रन जोड्यो । उसका लागि प्लेयर अफ दि सोनी पाखरिनले ९ बलमा १ चौकाको मद्धतले १० रन र संस्कृती फुयालले ६ बलमा १ छक्का मद्धतले १० रन जोडिन् । बलिङ्ग तर्फ सरस्वतीकी प्रकृती पोखरेलले १ ओभरमा १६ रन खर्चदै २ विकेट र अश्मिता खरेलले १ ओभरमा दुई रन खर्चदै २ विकेट हात पारिन् ।
४० रनको लक्षका साथ प्रतिउत्तरमा उत्रेको सरस्वती ६.५ ओभरमा पुरै ७ विकेट गुमाउँदै ३२ रनमा समेटियो । सरस्वतीका हेलिसा गुरुङ्गले ७ बलमा ६ रन र विन्दा कटुवालले ७ बलमा १ चौका मद्धतले ७ रन जोडिन् । यस्तै बलिङ्ग तर्फ चण्डेश्वरीका सोनि पाखरिन र डल्ली भट्टले समान २ ओभरमा ६ रनका साथ २ विकेट हात पारे । बिजयी खेलाडीहरूलाई ट्रष्टका अध्यक्ष मनिष जोशी, नेपाली महिला टोलीकी पूर्व कप्तान निरा राजोपाध्याय, टोखा नगरपालिका २ का वडा अध्यक्ष दीपक राज जोशी, नेपाली काँग्रेश महासमिती सदस्य रामेश्वर के.सी.र गोकर्ण के.सी., महाधिवेशन प्रतिनिधी राजेन्द्र महर्जन, नेपाल लोकतान्त्रीक खेलकुद संघका केन्द्रिय सदस्य एवं बागमती प्रदेश अध्यक्ष दीपक गुरुङ्ग र सचिव दामोदर भट्टाई, नेपाली काँग्रेस टाखा नगरसमितिका सचिव एवं नेपाल लोकतान्त्रीक खेलकुद संघका केन्द्रिय सदस्य रमेश नापित लगायतले पुरस्कार वितरण गरेका थिए ।
महिला क्रिकेट टिम उत्पादन गर्ने उद्धेश्यले टोखास्थित दुई क्षेत्र सरस्वती र चण्डेश्वरीमा महिलाहरूको दुई टिम स्थापना गरि उक्त टिमका विच प्रतिस्पर्धा गराईएको प्रशिक्षक रविन जोशीले जानकारी गराए । यसले खेलाडीहरूको क्षमता अभिबृद्धि गर्नुका साथै क्रिकेटमा महिलाहरूको सहभागितालाई बृद्धि गर्न सहयोग पुग्ने गजराज जोशी ट्रष्टका अध्यक्ष मनिष जोशीले बताए ।