कानुनको विषयमा सम्पूर्ण तथ्य, सत्य ज्ञान बोकेको व्यक्ति वकिल हुन् । वकिलहरू कानुनको हरेक दफा र धाराको विषयमा जानकार हुन्छन् । त्यसैले सर्वसाधारणहरूलाई कानुन सम्बन्धी केही कुरा बुझनु पर्यो भने सर्वप्रथम वकिल कै आवश्यकता पर्दछ । वकिललाई पनि प्राइभेट र सरकारी भनेर छुट्टयाएको छ । प्राइभेट वकिलले आफ्नै ल फर्म खोलेर सेवाग्राहीहरूलाई कानुन, न्यायको खोज्नका लागि जानेहरूसँग मनलाग्दी पैसा लिएको छन् । चाहे एउटा सानो निवेदन लेख्नु पर्यो वा चाहे घरपरिवारभित्र रहेको हल्का मनमुटाव हेर्नका लागि पनि वकिलहरूले मनलागी रकम उठाएका छन् ।
कानुनको विषयमा सल्लाह लिन हरेकलाई वकिलको जरुरत हुन्छ । सबै जनताको समस्यालाई वकिलले कानुनको धाराअनुसार व्याख्या गर्दछ । एउटा घरमा दाजुभाइकोे अंशबन्डाकै कुरामा पनि साना झैझगडा हुन सक्छ । त्यो झगडा वकिल वा प्रहरी प्रशासनकोमा पुग्छ । वकिल समाजको प्रतिष्ठित व्यक्ति मानिन्छन् तर घरायसी झगडालाई सम्झाइबुझाई मिलाइपत्र गर्नुको सट्टा तन्काउने काम गर्दा भने यस्तो व्यक्तिहरूमाथि शंकाको दृष्टिले हेर्न सकिन्छ । हुन त जति झैझगडा भयो । जति मनमुटाव हुन सक्यो वकिलहरूको आम्दानी बढ्ने हो । त्यसैले वकिलहरूले यस्तो झैझगडा मिलाउनुको सट्टा झन् आगो लगाउने काम गर्छन् । तर, यसरी स–साना झगडाहरूमा पानी हाल्नुको सट्टा मट्टितेल हाल्ने काम वकिलहरूबाट हुन्छ । जसले गर्दा कतिको घर तहसनहस नै हुन्छ । कतिको सम्बन्धको नै अन्त्य हुन्छ । वकिलहरूले यति सानो मुद्धालाई घरभित्रै मिलाउनुपर्छ । यसरी केस गर्नु हुँदैन भनी एउटा सभ्य नागरिकको भूमिका बहन गर्ने हो भने धेरैको घरपरिवार टुटफुट हुनबाट बच्छ ।
सम्बन्ध मात्र होइन । वकिलकामा कुनै पनि झगडा पुगिसकेपछि पैसाको पनि सत्यनाश हुन्छ । दुःख हैरानीको सामनामा कमी आउँदैन । कानुन पल्टाउँदा पल्टाउदै वर्षौँ बित्छ । तारिख बोकेको बोक्यै गर्नुपर्छ । आफूले नभ्याए वकिललाई नै पैसा दिएर तारिख बोक्न लगाउनपर्छ । यदि वकिललाई भनेको बेला पैसा दिन असक्षम रह्यो भने मुद्धा त्यत्तिकै हारिन्छ । वकिलहरूले चाहे भने ससाना झगडा मुद्धा नै नगरी मिलाइदिन सक्छन् । कतिको सम्बन्ध बिग्रनबाट जोगाइदिन सक्छन् । तर कानुनले यो भन्छ भन्दै सम्बन्ध बिगार्ने काम गर्न वकिलहरू तत्पर हुन्छन् ।
हुन त सबैले आफ्नो व्यक्तिगत फाइदा मात्र हेर्ने हुन् । अरु मरुन् कि बाँचुन्, कसैलाई केही मतलब छैन । तर कसैको घरपरिवार आफ्नो कारणले बच्छ भने उसको घरपरिवार बचाउन हरेकले आफूले सक्दो भूमिका निभाउनुपर्छ । कानुन व्यवसायीले पनि सक्दो समझदारी अनिाउन जरुरत पर्दछ । यसबाट कसै एउटा परिवारलाई मात्र होइन । पूरै समाज र राष्ट्रलाई नै फाइदा हुन्छ । कसैको परिवारलाई आफ्नो समझदारीबाट बचाउन सकिन्छ भने त्यति योगदान पुर्याइदिनुपर्छ । तर, वकिलहरूले एउटा मुद्धा पाउनु भनेको दुहुनो भैँसीजस्तै हो । वकिलहरू पढे लेखेका हुन्छन् । कानुनको विषयमा ज्ञान हुन्छ । सरकारले पनि समाजका लागि केही न केही योगदान पुर्याउँछ भनेर लाइसेन्स दिन्छ । कानुन व्यवसाय महासंघको सदस्य हुन्छन् ।
वकिलहरूको पनि हाम्रो समाजमा ठूलो योगदान छ । वकिलहरूले काम नै गरेको छैनन् भन्न खोजेको होइन । राजनीतिक दलहरूले पटक–पटक संसद विघटन गर्दा वकिलहरू संसद बचाउनका लागि ठूलो भूमिका खेले । संसद गतिविधि बाहिर नजाओस् भनेर आवाज उठाए । राष्ट्रको आँच आउन नदिन वकिलहरूको निकै ठूलो भूमिका खेलेका छन् । समाजको शिक्षित वर्गमा वकिलहरू पर्दछन् । तर, शिक्षित वर्गले नै कसैको घरपरिवार बिगारेका छन् । घरपरिवारमै झगडा गराइदिएका छन् । एउटा सदस्यको विरोधमा अर्को सदस्यले मुद्धा हाल्न खोज्दा त्यो केसमा वकिलहरूले आफ्नो समझदारीले सुधार्ने मौका पाउँछन् । विगतको कुराहरू बिर्सेर नयाँ कुराको साथ अघि बढ्छन् । तर वकिलहरूले घरायसी झगडा मिलाउन खोज्दैनन् । झन् तन्काएर, बढाएर, मुद्धा दर्ता गर्नका लागि बाटो देखाउँछन् । तर हामी जनता पनि ससाना कुरामा, सानो घरायसी मनमुटावमा, एउटा दाजुभाइलाई अलिकति अंश कम भयो भने हामी मुद्धा हाल्न तयार हुन्छौँ ।
नेपालीमा आफ्नै परिवार, आफन्त भए पनि त जित्ने कि म जित्ने भन्ने होड्बाजी छ । श्रीमान्श्री/मतीमा थोरै झगडा भयो भने रिसलाई पैतालामुनि हालेर माफी दिन तयार हुँदैनन् । केही गलती भयो भने पुरानो कुरा बिर्सेर नयाँ कुराको खोजीपट्टी लाग्ने हाम्रो मनसिकता छ । त्यही पुरानो कोट्टयाउने, त्यसलाई अझै ठूलो बनाउने । हुन त बुढापाकाले भनेको एउटा सत्य कुरा आफ्नो थैलीको मुख कस्नू, अरुलाई दोष नदिनू भन्नुके मतलब आफ्नो घरभित्रको व्यवहार घरभित्रै मिलाउनुपर्छ । घरभित्रको झै–झगडा बाहिर लानु भनेको समाजको दुष्टिकोणमा पनि आफैँ तल पर्नु हो ।
वकिलहरूले कुनै पनि मुद्धालाई थप उछाडपछाड गर्छन् । तर वकिलले कुन मुद्धा लेखेको कति रकम हो भन्ने कुरा सर्वसाधारणलाई थाहा छैन । वकिलले काम गरेर लिने फिस सरकारले तोकेको छैन । सरकार वा प्राइभेट वकिलले मनलागी पैसा उठाएका छन् । त्यो पनि मान्छे हरेर । वकिलले यसरी जनता ठग्दा, लुट्दा पनि नेपाल सरकार किन मौन ? नेपाल सरकारले वकिललाई लाइसेन्स जनता ठग्न दिएको हो ? अहिले प्राइभेट वकिलहरूले अफिस खोलेका छन् । कम्पनीमा गएका छैनन् । सेवा गर्ने नाममा संस्था ऐन, ०३४ ऐन अन्तर्गत वकिलहरूले आफ्नो संस्था दर्ता गरेर व्यापार गरिरहेको छन् ।
वकिलहरूले एउटै मुद्धा हेरेको, लेखेको २० देखि ५० हजार लिन्छन् रे । एउटा मुद्धाको बहस गरेबापत पनि वकिलहरूले मनलाग्दी पैसा लिएका छन् । वकिलहरूले जग्गा दर्ता गर्नेदेखि किनबेचको बैनापट्टा, लेनदेनका कागजहरू पनि मनलाग्दी पैसा लिएर जनता ठगेका छन् । त्यति मात्र नभएर विभिन्न संघसंस्थाको कानुनी सल्लाहकार बनेर महिनावारी पैसा खान्छन् । वकिलको जिब्रोमा कुनै पनि कामको रेट छ । वकिलले काम गरेबापत जनतासँग लिएको रकमबारे न जनतालाई ज्ञान छ । न सरकारलाई नै यसबारे केही जानकारी छ । अन्यायमा परेको सर्वसाधारणको काम गर्नको सट्टा जनता ठग्छ । वकिलहरूले राज्यलाई राजस्व तिरेका छैनन् । तपाईं हामीलाई पत्याउनै गाह्रो हुन्छ । एउटा वकिलले एक दिनमै ३।४ वटा मुद्धाको बहस गर्छ । दिनमै ३।४ वटा मुद्धा लेख्छन् । दिनमै हजारौँको व्यापार गर्छन् । तर यसको राजस्व पनि राज्यले पाएको छैन ।
बर्सेनि हरेक अफिसको अडिट हुन्छ । तर, आफ्नो अफिस घाटामा गएको देखाएर राज्यको आँखामा धुलो झोसेका छन् । तर जनतासँग त मनलाग्दी पैसा लिएका छन् । खोइ त अनुगमन ? डाक्टर र वकिलहरू एउटै सिक्काको दुई पाटा हुन् । हार्ने मुद्दालाई पनि जिताइदिन्छु भन्दै आश्वासन् देखाउँछन् । आश्वासन पनि त्यत्तिकै पाइँदैन । पैसा तिनै प¥यो । डाक्टरले पनि निको नहुने रोग पनि निको हुन्छ भन्दै पैसा खाने बाटो बनाउँछन् । वकिल पनि त्यस्तै हो । न त रोग नै निको हुन्छ, न त मुद्दा जितिन्छ । बाँचिन्छ भनेर पनि हामी सिधासाधी जनता खर्च गर्न तयार हुन्छन् ।
सरकारले पैसा तिरेपछि बिल दिनु भनेको छ । तर वकिलहरूले मनलागदी पैसा उठाएका छन् । बिल दिएका छैनन् । वकिलहरूको अहिले सम्पत्ति हेर्ने हो भने गनिसाध्य पनि छैन । भनिसाध्य पनि छैन । तर यत्रो सम्पत्ति कहँँबाट आयो भनेर सम्पत्ति शुद्धीकरण विभाग र अख्तियारले छानबिन गरेको छैन । कानुन व्यवसायीले नै सरकारको निर्णयविपरीत काम गरेको छ अरुको त कुरै छाड्देऔँ ।