काठमाडौं– वरिष्ठ गीतकार टेक तामाङको राष्ट्रिय गीत ‘नेपाल आमा’ सार्वजनिक भएको छ । गीत केही दिन अघि राजधानीमा सार्वजनिक गरिएको हो । कन्काइस्ट राई स्वर तथा संगीत रहेको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियोमा वरिष्ठ अभिनेता एवं क्याप्टेन विजय लामाको मुख्य अभिनय रहेको छ । लामालाई करिब एक दर्जन भन्दा बढी कलाकारले साथ दिएका छन् ।
सहास शाक्यको संगीत संयोजन रहेको यस गीतमा करण चौरसीयाको छायांकन रहेको छ । भिडियो सम्पादन भने मनोज कार्कीले गरेका छन् । त्यस्तै यो भिडियोको निर्देशन प्रदीप हमालले गरेका हुन् ।
देशप्रति असिम प्रभाव र सीमाको रक्षाका लागि अदम्ब सहास र बलिदानको भाव भूमिमा रचिएको ‘नेपाल आमा’ उच्च कोटीको राष्ट्रिय गीत भएको प्रतिक्रिा प्राप्त भएको छ । देशको पछिल्लो अवस्थाका कारण यो गीतले निकै नै दर्शकको माया पाउने विश्वास गरिएको छ ।
गीतकार तामाङको यसअघि ‘नजिक भएर पनि’, ‘तिमीलाई माया गर्छ‘’, ‘आमा’, ‘जीवनसाथी’, ‘माया गरेर हेर’, ‘मै खुकुरी अघिसरी’लगायतका आधुनिक, राष्ट्रिय र सेलो गरी ४ सय ५० भन्दा बढी गीत रेकर्डिङ र प्रकाशन भइसकेका छन् । नेपाल प्रहरी सेवाको एसएसपी पदमा कार्यरत तामाङले एक हातमा कर्तव्यबोध बन्दुक भए पनि अर्को हातमा कलम बोकेर सिर्जना गरिरहेका छन् ।
चन्द्रसूर्य अंकित निशान
मेरो देशको ज्युउँदो पहिचान
गीतको यो हरमा भनेजस्तै कन्कास्ट राईको स्वरमा यो गीतले देशको मायालाई उजागर गरेको छ । गीतमा देशको माया र स्नेह हिमाल, पहाड र तराई जहाँको व्यक्तिलाई पनि समान हुने कुरा प्रस्तुत गरिएको छ । जुनसुकै ठाउँमा गएको भए पनि आफ्नो देशका मायालाई कसैले पनि भुल्न नसक्ने भाव गीतमा रहेको छ ।