विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले हरितालिका तिज पर्वको मौलिकतालाई कायम राखी सांस्कृतिक महत्वको जगेर्ना गर्न आग्रह गरेका छन् । हरितालिका तिजको अवसरमा मुख्यमन्त्री आचार्यद्वारा बिहीबार शुभकामना सन्देश जारी गर्दै हरितालिका तिज पर्वको मौलिकतालाई कायम राख्नु अहिलेको चुनौती रहेको बताए ।
शुभकामना सन्देशमा हरितालिका तिजले महिलाविरूद्ध हुने सबै प्रकारका विभेद अन्त्य गर्दै सभ्य र समतामूलक समाज निर्माण गर्न प्रेरणा मिलोस् भन्ने उल्लेख गरेको छ । स्वदेश तथा विदेशमा रहेका नेपाली महिला दिदीबहिनीमा सुख, शान्ति, अटल सौभाग्य समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरेका थिए ।
उनले यस पर्वले समाजलाई भावनात्मक एकताको सूत्रमा बाध्न मद्दत गरेको भन्दै उनले भने, ‘यो पर्व मनाउने सन्दर्भमा यदाकदा देखिने भड्किलोपन र खर्चिलोपनलाई कम गर्दै यसलाई एउटा चेली माइतीको भेटघाट, समाज जोड्ने पुलको रूपमा लिई मौलिकता जर्गेना गर्न हामी सबैले भूमिका निर्वाह गर्नुपर्छ, कोभिड–१९ का कारण संक्रमणको जोखिम बढेकाले जनस्वास्थ्यका मापदण्ड पालन गरेर चाड मनाउन पनि अनुरोध गर्दछु,’ सन्देशमा उल्लेख छ ।