काठमाडौं– सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका वडा नं. १ जलबिरेका अमृत आचार्य (माइला गुरु) र नुवाकोट जिल्ला छहरेका दिनेश श्रेष्ठ अहिलेका काँठे लोकगीत÷संगीतका जल्दोबल्दो गायक, र सर्जकभित्र पर्छन् । यी दुईको सहकार्यमा धेरै लोक तथा दोहोरी गीतहरू बजारमा आइसकेको छ । दिनेश श्रेष्ठले ‘गैरी पिपल’, ‘नमस्ते नुवाकोट’, ‘ए है मैयाँ’लगायत चार दर्जन बढी गीतमा स्वर, शब्द र संगीत भरिसकेका छन् । अर्का गायक अमृत आचार्य (माइला गुरुले) पनि ‘मेरो को छ र’, ‘चितामा दागबत्ती’, ‘साइली रिमै’लगायतका दर्जनौँ गीत गाइसकेका छन् ।
पछिल्लो समय दिनेश श्रेष्ठ स्वर तथा अभिनयमा ‘रूपै रैछ मोहनी लाउनी’ बजारमा सार्वजनिक भएको छ । उक्त गीत सार्वजनिक भएको केही समयभित्रै चर्चा चुलिएको छ । सोही गीतमा प्रयुक्त ‘भनेकै थिएँ मेरै भई बसौँ, अब तिम्रो बाल छैनमा कसम’ भन्ने शब्दले अहिले चलेका चलचित्र सेलिब्रेटीदेखि लिएर अन्य क्षत्रमा काम गर्ने लाखौ दर्शक स्रोताहरूको मन जितेको छ । उक्त गीतमा विभिन्न सेलिब्रेटीसहित धरैले टिकटक बनाएका छन् ।
उक्त गीतको भिडियोमा दिनेशलाई अमृत आचार्य (माइला गुरुको) की धर्मपुत्रीले साथ दिएकी छन् । उक्त गीतले काँठे लोक दोहोरीको क्षेत्रमा राम्रो छाप छोड्न सफल भएको विश्लेषकहरूको भनाइ छ ।
दर्शक स्रोतको अपार मायाले आफूहरूलाई थप हौसला मिलेको उनीहरूको भनाइ छ । अब छिट्टै यी दुई स्रष्टाको सिर्जनामा रहेको पाँचवटा भन्दा धेरै गीत बजारमा आउन लागेको जानकारी दिएका छन् । उनीहरूले चाँडै ति गीतहरू सार्वजनिक गर्ने तयारीमा रहेको बताएका छन् ।